ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शरणार्थी शिविरमा दुई व्यक्ति सङ्क्रमित : भयाबह अवस्थामा पुग्ने भन्दै स्वास्थ्यविद्हरूले चासो व्यक्त


एबीसी न्यूज
जेष्ठ २, २०७७ शुक्रबार  ८ : १५ बजे


काठमाडौं, २ जेठ ।  बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् ।

बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो । भिडभाडका कारण सरसफाई नभएको शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमणपछि राहिंज्या शरणार्थी रहेका स्थानहरूमा सङ्क्रमण फैलिन पुगेमा यो भयाबह अवस्थामा पुग्ने भन्दै स्वास्थ्यविद्हरूले चासो व्यक्त गरेका छन् ।

शिविरमा रहेका शरणार्थीमा सङ्क्रमण पुष्टि भएपछि दुबै व्यक्तिलाई एकान्तमा राख्ने व्यवस्था गरिएको, शिविरमा अन्य व्यक्तिहरूको परीक्षण तयारी गरिएको र रोकथामका उपायहरूलाई अवलम्वन गरिएको स्थानीय स्वास्थ्य संयोजक अबु भुईयानले बताउनुभयो ।

विश्वव्यापी कारोना भाइरसको सङ्क्रमण फैलिने क्रमसँगै बङ्गलादेशमा पनि यसबाट सङ्क्रमित व्यक्तिहरू भेटिएपछि शरणार्थी शिविरलाई स्थानीय कोक्स बजारसँगको आवागमनलाई अप्रिलदेखि नै नियन्त्रण गरिएको थियो ।

क्याम्पमा हुने आवागमनले शिविर र वरपरका क्षेत्रमा सङ्क्रमण फैलिनसक्ने भन्दै शिविरमा अतिआवश्यक बाहेक भिडभाड नहोस भनी आवागमनमा कडाई गरिएको थियो । जसका कारण शिविर भित्र र बाहिर गर्ने व्यक्तिहरूको सङ्ख्या ८० प्रतिशतले नियन्त्रण गर्न बङ्गलादेशी अधिकारीले सहयोगी संस्थाहरूलाई आग्रह गरेका थिए ।

दुई वर्ष पहिले म्यानमारको रखाइन राज्यमा अल्पसङ्ख्यक रोहिंज्या समुदायमा भड्किएको तनावपछि त्यहाँको सैनिकले बल प्रयोग गरेपछि रोहिंज्या शरणार्थीहरूको ठूलो सङ्ख्या ९करिब सात लाख० भागेर छिमेकी राज्य बङ्गलादेशको सीमा क्षेत्रमा पुगेपछि उनीहरूलाई विभिन्न स्थानमा शिविरमा राखिएको छ ।

बङ्गलादेशमा बिहीबारसम्म झण्डै १९ हजार व्यक्ति कोभिड–१९ का कारण सङ्क्रमित भएका छन् भने २८३ सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com