ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय (पत्रसहित)


एबीसी न्यूज

काठमाडौं, १ जेठ ।  गृह मन्त्रालयले शनिबारदेखि लागु हुने गरी जिल्लाभित्रै पनि आवातजावत गर्न रोक लगाउने निर्णय गरको छ। जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने गरी यसअघि दिइएका पास पनि शनिबारदेखि लागू हुने गरी रद्द गरिएको हो।

गृह मन्त्रालयका उपसचिव सूचना अधिकारी उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्ला आवागमनको पास आजदेखि खारेज गरिदिएको बताउनुभयो ।  ‘सबैखाले पास रद्द गरिएको छ,’ उपसचिव अधिकारीले, भन्नुभयो ‘७७ जिल्लाले जारी गरेका जिल्लाभित्रै एकठाउँबाट अर्को ठाउँ जान मिल्ने गरी दिइएका पास जेठ ३ गतेदेखि लागू हुने गरी खारेज गरिएको छ।’

सबैखाले पास खारेज गरिएकोले अब काठमाडौंबाट ललितपुर वा भक्तपुर जिल्ला जान पनि नमिल्ने उहाले बताउनुभयो । ‘उपत्यकाको हकमा पनि यो नियम लागू हुन्छ। एकअर्को जिल्ला जान मिल्दैन,’ काठमाडौं उपत्यकामा बिहीबार दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

चन्द्रागिरि नगरपालिका एक र कपिलवस्तु घर भएकी टिचिङमा उपचारका लागि ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना पुष्टि भएको हो।

कोरोना संक्रमित संख्या वृद्धि हुन थालेपछि गृहले बिहीबार उपत्यकाभित्रका तीनै जिल्लाका सुरक्षा प्रमुख, मेयरहरू, प्रमुख जिल्ला अधिकारीहरू, ट्राफिक प्रहरी प्रमुखलगायतसँग छलफल पनि गरेको थियो।

लकडाउनलाई थप कडाइ गरेर जानुपर्ने निष्कर्षमा गृह मन्त्रालय पुगेको छ। जसअनुसार आजदेखि उपत्यका भित्रनेरबाहिरिने नाका र भित्री सडकमा पनि सुरक्षाकर्मीले चेकजाँचलाई तीव्रता दिनेछन्।

‘आज गृहमा समीक्षा बैठक बसेको हो। लकडाउन भनेकै कडा हुन्छ यसलाई थप प्रभावकारी बनाउने भन्ने छलफल भयो,’ उपसचिव अधिकारीले भने।

गृह मन्त्रालयका अनुसार परिचय पत्र भएका पत्रकारलाई आवागमनमा समस्या हुने छैन। एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, कूटनीतिक उन्मुक्ति तथा सुविधाप्राप्त नियोग व्यक्ति तथा संघसंस्थाहरू, स्वास्थ्य सेवामा खटिएका चिकित्सकरनर्सरफर्मासिष्ट, प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत कर्मचारी, औषधि उत्पादनरढुवानी र बिक्री वितरणमा संलग्न जनशक्तिहरू, खानेपानी मर्मतसम्भार र वितरणमा संलग्न जनशक्ति, फोहोरमैला व्यवस्थापनमा कार्यरत जनशक्ति, ठूला खाद्य स्टोर्समा कार्यरत जनशक्ति, अत्यावश्यक वस्तु तथा सेवा ढुवानी गर्ने मालबहाक सवारी साधनहरूलाई पास आवश्यक नपर्ने गृहले जनाएको छ। तर यस्ता सवारी साधन प्रयोगकर्तासँग अनिवार्य सम्बन्धित निकायबाट जारी गरिएको आफ्नो कर्मचारी परिचय पत्र साथमा हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com