ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वदलीय बैठक सम्पन्न : सरकारले तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्ने सुझाव


एबीसी न्यूज


काठमाडौं, ३१ बैशाख । विपक्षी दलका नेताहरुले सीमा विवाद अन्त्य गर्न सरकारले तत्काल उच्चस्तरीय त्रिपक्षीय वार्ता गर्नुपर्ने सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरुले सीमा सुरक्षाका लागि सरकारले पहिले भारतसँग र त्यसपछि भारत र चीन दुवैसँग संयुक्त वार्ता गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवाद समाधानका लागि कुटनीतिक र राजनैतिक रुपमा उच्चस्तरमा पहल गर्नुपर्ने सुझाव दिनुभयो । नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने भन्दै उहाँले तत्काल उच्चस्तरबाट पहल अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो । उहाँले वक्तव्यबाजी मात्रै नगर्न आग्रह गर्दै तत्काल पहल थाल्नुपर्ने बताउनुभयो ।

यसैबीच पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले सीमा विवादबारे बाहिर हल्ला गर्ने भित्र केही पनि नगर्ने प्रवृत्ति गलत हुने बताउनुभएको छ ।

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सीमा समस्याका सम्बन्धमा सरकारले नागरिकलाई गुमराहमा राखेको भन्दै त्यसो नगर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सीमा विवादबारे छलफल गर्न सबै दलका नेता र पूर्वप्रधानमन्त्रीलाई सर्वदलीय बैठकमा बोलाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com