ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आचारसंहिता उल्लंघन गर्नेको नाम र पद अर्कै हो, म त एमाले अध्यक्ष हुं : ओली


एबीसी न्यूज
मंसिर १३, २०७४ बुधबार  १ : ४६ बजे

झापा, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै आफ्नो नाममा स्पष्टिकरण सोधेकोमा आपत्ति प्रकट गरेका छन् ।

बुधबार गृह जिल्ला झापाको चन्द्रगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ओलीले भने , “निर्वाचन आयोगले मेरो नाममा चिट काटेको छ रे भन्ने व्यंग्य गर्दै आयोगलाई चुनाव विरोधी हर्कत बन्द गर्न सुझाव दिएका छन् । उनले आफूलाई काटिएको भनिएको पत्रबारे आफूलाई थाह नभएको बताउंदै भने किन काटेको थाहा छैन ।”

पत्रपत्रिकामा विज्ञापनबारे आफूलाई थाह नहुेन भन्दै ओलीले ठट्यौली पारामा भने ‘वाम गठबन्धनले देशैभर जित्दैछ भनेर कसैले बधाई दिएको होला’, त्यसबाट नआत्तिन आग्रह गर्दछु । ’

आफू आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको भन्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति संकेत गर्दै भने  ‘म कांग्रेसको अध्यक्ष हुँ र ? आचारसंहिता उल्लङ्घन गर्न ? म त एमाले अध्यक्ष पो हुँ । ’
केही दिन पहिले देउवा झापा पुगेर कम्युनिस्टले जिते अधिनायकबाद आउने भन्ने हल्ला गरेको भन्दै ओलीले भने ‘कांग्रेसले आफूलाई नै लोकतन्त्र सम्झिएको छ । उसँग सीमित परिभाषा छ, उसको परिभाषामा कांग्रेस सरकारमा हुँदा मात्र लोकतन्त्र हुन्छ, नत्र हुँदैन ।’
ओली झापा जिल्लाका विभिन्न चुनावी कार्यक्रममका लागि मंसिर १६ गतेसम्म रहने छन् भने १७ गते प्रचण्डको निर्वाचन क्षेत्र चितवनको सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com