ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालन


एबीसी न्यूज


चिप्लेढुङ्गा, ३० वैशाख । सरकारले बन्दाबन्दीको समयमा उद्योग कलकारखानालाई वर्गीकरण गरेर खोल्ने अनुमति दिएपछि पोखरा औद्योगिक क्षेत्रका ३६ उद्योग सञ्चालनमा आएका छन् । पोखरा औद्योगिक क्षेत्रमा रहेका ७७ उद्योगमध्ये हाल ३६ उद्योग सञ्चालनमा आएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक भूषणकुमार उपाध्यायले जानकारी दिनुभयो ।

“सरकारले औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनका लागि अनुमति दिए पनि स्वास्थ्य सुरक्षा एवं अधिकांश कामदार घर गएकाले पूरै उद्योग सञ्चालनमा आउन सकेका छैनन्”, उहाँले भन्नुभयो, “उद्योग खोल्न भने पनि सहज वातावरण छैन, कतिपय कच्चा पदार्थ भारतलगायतका स्थानबाट ल्याउनुपर्छ, भैरहवाबाट पोखरा आउन दुई–तीन दिन लाग्ने गरेको छ । बीचबीचमा रोकिन्छ तर सुरक्षा सतर्कताका लागि भरपर्दो जाँच हुनसकेको छैन, मजदुर पनि ढुक्कले काममा आउन सकेका छैनन्, उद्योग सञ्चालकहरुमा पनि एक प्रकारको त्रास छ ।” उहाँले औद्योगिक क्षेत्रमा करिब दुई हजार ५०० देखि तीन हजारसम्म मजदुर कार्यरत रहे पनि अहिले झण्डै एक हजार १०० कामदार मात्रै काममा फर्केको बताउनुभयो ।

सञ्चालनमा आएका उद्योगमा अहिले पानी, बिस्कुट, मसला, अक्सिजन, दूधडेरी, मेटल उद्योग सञ्चालमा रहेको र चाउचाउ, ह्याण्डवास, प्याकेजिङ, मेटल फ्रेविकेशनलगायतका उद्योग छन् । उपाध्यायले औद्योगिक क्षेत्रको गेटमा कार्यरत मजदुरको स्वास्थ्य सतर्कताका लागि ‘हेल्थ डेस्क’ आवश्यक रहेकोबारे पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराए पनि पहल नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको अवस्था जटिल छ, प्रवेशद्धारमा एउटा हेल्थ डेस्क राख्दा राम्रो हुने थियो, तर सुनुवाइ भएन ।”

गोशेली प्रिन्टप्याकका प्रबन्धक विकास नकर्मीले सामान उत्पादन भए पनि निर्यातका लागि ढुवानीको समस्या भएको बताउनुभयो । “उद्योगमा ७० भन्दा बढी कामदार छन्, अहिले ४० मात्र आएका छन् । उत्पादन भएको सामग्री पनि निर्यातका लागि ढुवानी समस्या भएको छ ।” नकर्मीले कार्टुन र ट्वाइलेट पेपर उत्पादन हुने र काठमाडौँलगायत देशका विभिन्न स्थानमा निर्यात हुने जानकारी दिनुभयो ।

ताजा फुड्स प्रालिका सञ्चालक विनोद शर्मा न्यौपानेले अहिले ३० प्रतिशत मात्र उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले धेरै खपत हुने स्कूल, क्याम्पसलगयतका स्थान बन्द छन् । अधिकांश घरमा भएकाले पनि पाउरोटी, कुकिज, पपको माग कम छ । कामदार पनि आ–आफ्नो घर गएकाले अहिले सीमित कामदारबाट मात्रै उत्पादन र बिक्री वितरण गरेका छौँ ।” न्यौपानेले ३० कामदारमा अहिले १५ जनामात्रै रहेको जानकारी दिनुभयो । केही दिनयता १० बजेपछि पनि बिक्री वितरण गर्न पाएपछि सहज भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com