चितवन, १३ मंसिर । काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा ४ महिला २ पुरुष ६ जनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।
काठमाडौबाट अर्घाखाँची जाँदै गरेको लु१ख २९१ नम्बरको बस बुधबार बिहान ९स् १५ बजे फिस्लिङबाट त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ। त्रिशूलीमा डुबेको बसको केही भाग मात्रै देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले उद्धारको काम जारी रहेको छ। बसमा कति यात्रु थिए भन्ने खुलेको छैन।
प्रतिक्रिया दिनुहोस्