ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सचिवालय बैठकमा अध्यक्ष प्रचण्डको नयाँ आसन : गौतमलाई उप–प्रधानमन्त्री


एबीसी न्यूज
बैशाख २०, २०७७ शनिबार  ६ : ३९ बजे
आजको बैठकको फोटो
आजको बैठकको फोटो

काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ सुरु भएको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एउटै लहरमा कुर्सीको व्यवस्था गरिएको छ (अर्थात समानन्तर कुर्सी रहेको छ । यसअघिका बैठकहरुमा प्रचण्डलाई अरु नेताहरुसँगै राखिएको थियो ।

तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनेपछि ओली र प्रचण्ड अध्यक्ष छन् । वरियता क्रममा ओली पहिलो र प्रचण्ड दोस्रो नम्बरमा भएपनि दुबै समान हैसियतका अध्यक्ष थिए । तर मंसिर २०७५ को सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने र ओलीले पाँच वर्ष नै सरकार चलाउने निर्णय भएको थियो ।

त्यसको केही समयपछि सचिवालय बैठक बस्दा ओली र प्रचण्डलाई एउटै लहरको कुर्सी राख्न थालिएको थियो । सअघिका बैठकमा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीलाई मात्र छुट्टै आसन छुट्टाइएको थियो ।

केहिदिन अघिको बैठकको फोटो
केहिदिन अघिको बैठकको फोटो

मृगौला प्रत्यारोपणका कारण संक्रमण हुने खतरा रहेपछि उहालाई अलिक पर बेग्लै आसनमा बसाउने गरिएको थियो । तर, चिकित्सककै सुझावमा अहिले भने ओलीसँगै कार्यकारी अध्यक्ष प्रचण्डको पनि कुर्सी एउटै ‘रो’ मा राखिएको हो ।

प्रधानमन्त्री तर्फको रो मा रहेका कुर्सीमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल हुनुहुन्छ । प्रचण्डतर्फको रो मा रहेका कुर्सीमा वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र इश्वर पोखरेल हुनुहुन्छ । साथै दुइ अध्यक्षको ठिक अगाडी पट्टीको कुर्सीमा महासचिव विष्णु पौडेल रहनु भएको छ । बैठकमा पछिल्लो समय नेकपाभित्र देखिएको विवादका विषयमा छलफल भईरहेको छ । नेकपा स्रोतका अनुसार वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर उप प्रधानमन्त्री दिने तयारी भएको छ । उहालाई राष्ट्रिय सभामा राष्टपतिले मनोनित गर्ने एक पदमा केहिदिनमा गौतम मनोनित हुनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको राजनीतिमा ‘आरी घोप्टे’ जनलहर: पुराना दलहरूको पतन र नयाँ युगको उदय (भिडियोसहित)

सुनसरी–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी

सम्बन्धित

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com