ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन


एबीसी न्यूज
बैशाख १७, २०७७ बुधबार  ८ : ३७ बजे

काठमाडौं, १७ बैशाख । गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताउनुभएको छ । आज काठाडौँमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिनुभयो ।

बैठकमा कोरोना सङ्क्रमण र सुरक्षा स्थितिको बारेमा हालसम्म भए गरेका गतिविधिको बारेमा समीक्षा भएको थियो । सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीले हालसम्मको अवस्थाबारे गृहमन्त्री थापालाई जानकारी गराउनुभएको थियो । बैठकमा गृहमन्त्री थापाले मुलुकमा अपनाइएको उपयुक्त रणनीतिका कारण कोरोनालाई जित्दै गएको दाबी गर्दै दीर्घकालीन योजनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“वर्तमान परिस्थितिमा विश्वव्यापी रणनीतिसँग तालमेल गर्दै जानुपर्ने आवश्यकता छ, कोभिड–१९ तीन/चार वर्षसम्म पनि जान सक्छ, त्यसैले हाम्रो रणनीति दीर्घकालीन योजनाका साथ आउनुपर्छ”, निर्देशनका क्रममा गृहमन्त्री थापाले भन्नुभयो । उहाँले कोभिड–१९ बाट प्रभावित भएको उद्योग, व्यापार उकास्न अझै नयाँ योजनाको खाँचो रहेको औँल्याउनुभयो ।

सशस्त्रको सुरक्षाको चौकीलाई स्थायी बनाउनुपर्ने

गृहमन्त्री थापाले अहिले दक्षिणी नाकामा कोभिड–१९ को जोखिम बढेपछि थप सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी गराउँदै थपिएको सशस्त्रको अस्थायी चौकीलाई स्थायी बनाउनुपर्ने उल्लेख गर्नुभयो । यसका लागि गृह मन्त्रालयले आवश्यक भूमिका खेल्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाको पहलमा अघिल्लो महिना १२२ वटा रहेको सशस्त्र प्रहरीको सीमा निगरानी चौकीलाई बढाएर हाल एक हजार २१३ पु¥याइएको छ । सीमावर्ती क्षेत्रमा १४ हजार सशस्त्र प्रहरीको फौज रहेकामा अहिले २२ हजार ५०० पु¥याइएको छ । छलफलका क्रममा मन्त्री थापाले सशस्त्र प्रहरीको भूमिका अझै बढाउनुपर्नेमा जोड दिनुभयो ।

लकडाउनलाई थप कडाइका साथ पालनामा गराउनका लागि सबै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उहाँले बाढी, पहिरो, भूक्षयको नियन्त्रण र रोकथामका लागि तयारीमा लाग्नसमेत आग्रह गर्नुभयो । सामाजिक अपराध, घरेलु हिंसा आत्महत्यालगायत आपराधिक क्रियाकलाप नियन्त्रणमा ध्यान दिनसमेत उहाँले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

दुई तिहाइबाट दुई सिट टाढा रास्वपा, नयाँ संसद्को अंकगणित यस्तो

सम्बन्धित

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com