ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नीजि प्रयोगशालाबाट पनि कोरोना भाइरस परीक्षण गर्ने बाटो खुल्यो, सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको परीक्षण


एबीसी न्यूज

काठमाडौं, १५ वैशाख । सरकारले नीजि प्रयोगशालाबाट पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्ने बाटो खोलेको छ । परीक्षणसम्बन्धि मापदण्ड निर्देशिका जारी गर्दै सरकारले कोभिड—१९ परीक्षण नीजि प्रयोगशालाले पनि गर्न सक्ने बाटो खोलेको हो ।

सरकारले बनाएको मापदण्ड अनुसार प्रयोशाला निर्माण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट छुट्टै अनुमित लिएर नीजि प्रयोगाशालाले परीक्षण गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । यस्तै सोमबारबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पिसिआर परीक्षण सुरु भएको छ । यो सँगै नेपालमा विभिन्न १६ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । यसैगरी प्रदेश नम्बर १ ले कोरोना परीक्षणका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । अहिले सबैभन्दा बढी वीरगञ्जमा ३१ जना उपचाररत रहेका छन् । यसैरी वीरगञ्जमा ३ तथा भरतपुर र कैलालीमा १—१ जना उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । प्रवक्ता देवकोटाले केही ठाउँमा मात्र कोरोना दोस्रो चरणमा प्रवेश गरेको बताउनुभयो । कोरोनालाई दोस्रो चरणमा नै सिमित राख्न लक डाउनको पूर्ण पालना र क्वारेन्टाइनमा व्यवस्थापनमा ध्यान दिन मन्त्रालयले आग्रह गरेको छ ।

सोमबारसम्म ५३ हजार ५ सय ३४ जनाको नमुना परीक्षण भएको छ । पिसिआर विधिबाट १० हजार ४ सय ७१ र आरडिटी विधिबाट ४३ हजार ८३ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ ।

सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा आरडिटी परीक्षण भएको छ । त्यहाँ ११ हजार ९ सय ६१ वटा परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार ५ सय ४५, प्रदेश नम्बर २ मा ५ हजार २ सय ८ र बागमती प्रदेशमा ७ हजार ६ सय २६ वटा परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार ९ सय २४, प्रदेश नम्बर ५ मा ३ हजार ४ सय ७१ र कर्णाली प्रदेशमा ५ हजार १ सय २८ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले २० हजार १ सय ९५ जना देशभरी क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ८ र बाहिर ९८ सहित १ सय ६ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com