ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुराष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएकोमा प्रकृया रोक्न आयोगमा निवेदन दर्ता


एबीसी न्यूज

काठमाडौं, १४ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीको दल दर्ता प्रकृया रोक्न निर्वाचन आयोगमा निवदेन परेको छ।

नेपाललाई ‘बहुराष्ट्रिय राज्य’ कायम गर्ने उद्देश्य राखेको पार्टीको दल दर्ता प्रकृया रोक्न राष्ट्रिय युवा संघ नेपालका अमित लामा र अधिवक्ता विपिन ढकालले आयोगमा निवेदन दिनुभएको हो ।

दुवै दलको सहमति पत्रमा उल्लेख भएको ‘बहु राष्ट्रिय राज्य’ भन्ने व्यहोरा नेपालको संविधान विपरित भएको उल्लेख गर्दै दल दर्ताको प्रकृया रोक्न निवेदन दिइएको अधिवक्ता ढकालले बताउनुभयो ।

बहुराष्ट्रिय भन्नाले छुट्टै देश भन्ने अर्थ झल्कने गरी दल दर्ता प्रस्ताव गरिएकोमा प्रकृया रोक्न आयोगमा निवेदन दर्ता गरिएको उहाँको भनाइ छ । ‘पार्टीले प्रयोग गर्ने भनिएको झण्डासमेत बुर्किमा फासो देशको झण्डासँग मेल खाएकाले त्यसले परराष्ट्र सम्बन्धमा प्रतिकूल असर पर्छ’, उहाँले भन्नुभयो, ‘संयुक्त राष्ट्रसंघको वडापत्रमा प्रत्येक सदस्य राष्ट्रको सार्वभौमिकतालाई प्रत्येक सदस्य राष्ट्रले मान्यता दिनुपर्ने प्रवधान विपरित छ ।’

नेपालको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षाका लागि दल दर्ता प्रकृया रोक्न माग गरिएको अभिवक्ता ढकालले बताउनुभयो । युवासंघ नेपालका सह–संयोजक रमेश पौडेलले जातिय रुपमा समाज विभाजित गर्ने, देशलाई खण्डखण्ड गरेर टुक्राउने चलखेल भइरहेकाले त्यसलाई रोक्न पनि दर्ता प्रकृया रोक्न माग गर्नुभयो ।

बिहीबार राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भइ बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ ।

दल दर्ता गर्न राजपा अध्यक्ष मण्डलका नेताहरु राजेन्द्र महतो, सरदसिंह भण्डारी, समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ लागयतका नेताहरु कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालय पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

कारबाहीपछि गगनले कोरेको नयाँ कांग्रेसको खाका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com