काठमाडौ,१२ मंसिर । अव मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका कारण मंसिर १० गते आइतवार सकिएको ३२ जिल्लाको ३७ स्थानमा भएको निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि अर्थात मंसिर २१ देखि हुनेछ । तत्काल गणना नहुने भएपछि मतदाता, कार्यकर्ता र उम्मेदवारलाई धैर्य गर्न गाह्रो भएको छ ।
मतपेटिकालाई १० दिनसम्म सुरक्षित राख्न जिल्ला स्थित सुरक्षा निकाय र जिल्ला निवार्चन कार्यालयलाई निकै सकस परेको छ । मतपेटिकालाई सम्वन्धित जिल्लाका मुख्य निर्वाचन कार्यालयहरुमा कोठामा राखेर झ्यालढोका बन्द गरी सिलबन्दी गरि राखिएको छ भने त्यस अघिल्तिर हतियारधारी एक देखी २ जना प्रहरी जवानले पालैपालो चौबिसै घण्टा पहरा दिइरहेका छन् भने अर्का घेरामा १५ सशस्त्र र ५ नेपाल प्रहरीका जवानको घेराले पहरा दिन थालेको छ । तर पनि विभिन्न आशंका उत्पन्न भएपछि धेरै जसो जिल्लामा उम्मेदवारका प्रतिनिधि र राजनीतिक दलका नेताहरुलेपनि मतपेटीलाई पहरा दिइरहेका छन् । तर पहिलो चरणको निर्वाचन भएको ३ दिन हुदा पनि कतिय स्थानका मतपेटीका सदरमुकाम आउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्