ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोनाको संक्रमणबाट १ लाख ९७ हजारको मृत्यु, २८ लाख २८ हजारबढी संक्रमित


एबीसी न्यूज

काठमाडौँ, १३ बैशाख । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर १ लाख ९७ हजार ८४ जना संक्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८६ जना संक्रमितको ज्यान गएको छ । विश्वका २१० देश र दुई वटा अन्तराष्ट्रिय पानी जहाजमा फैलिएको कोरोनाका महामारीबाट हालसम्म २८ लाख २८ हजार  ९१ जना संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४ हजार २२२ जना नयाँ संक्रमित फेला परेका छन् ।

कोरोना संक्रमित मध्ये हालसम्म ७ लाख ९८ हजार ३३१ संक्रमित उपचारपछि घर फर्किएका छन् ।

कोरोना भाइरसको तथ्यांक अध्यावधिक गरिरहेको वर्ल्डोमिटर इन्फोका अनुसार शनिबारसम्म युरोपमा ३ लाख ९३ हजार १८८ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने १ लाख १७ हजार ३२४ जनाको मृत्यु भएको छ ।

यस्तै उत्तर अमेरिकी मुलुकहरुमा १ लाख १३ हजार ८२० जना निको भएका छन् । ती मुलुकहरुमा ५६ हजार ८६ जनाको मृत्यु भएको छ ।

एसियाली मुलुकहरुमा २ लाख १२ हजार ५४५ जना कोरोना संक्रमित निको भएका छन् भने शनिबारसम्म १६ हजार ५८६ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी मुलुकहरुमा ४४ हजार ४७२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् भने ५ हजार ५२९ जनाको मृत्यु भएको छ ।

अफ्रिकी मुलुकहरुमा अहिलेसम्म संक्रमित भएका २९ हजार ९७८ जनामध्ये ९ हजार १२१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने उपाचार गराइरहेका १९ हजार ३४९ जनामध्ये १४८ जनाको अवस्था गम्भीर छ ।

तुलानात्मक रुपमा कोरोना भाइरसको संक्रमण कम देखिएको अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा ६ हजार २४९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

त्यहाँ ८ हजार २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ९६ जनाको मृत्यु भएको छ ।

यस्तै, नेपालमा पनि शुक्रबार एक नयाँ संक्रमित फेला परेसँगै संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमित मध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार जारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com