ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेलायतमा कोभिड १९ विरुद्धको खोप मानिसमा परीक्षण थालियो (यो खोपले कसरी काम गर्छ त )


एबीसी न्यूज

काठमाडौं,१२  बैशाख  । बेलायतको अक्फोर्ड विश्वविद्यालयमा पहिलो पटका मानिसमा कोरोना खोपको परीक्षण थालिएको छ । यसका लागि दुई जना स्वयंसेवकमा सो खोप परीक्षण गरिएको छ भने सो खोपको थप परीक्षणका लागि ८०० जनालाई छनोट गरिएको छ ।
परीक्षणका क्रममा छनौट गरिएका मध्य आधालाई कोरोना विरुद्धको विकास गरिएको खोप लागाइने छ भने आधालाई मेनेन्जाइटिस बिरुद्ध दिइने खोप दिने तयारी गरिएको छ । यो परीक्षणमा ती स्वयंसेवकलाई कुन खोप दिइएको भन्ने जानकारी हुने छैन तर चिकित्सहरूलाई भने कसलाई कुन खोप दिइएको थियो भन्ने थाहा हुने छ ।

यो जिम्मेवारी पाएका दुई जना मध्यकी इलिसा ग्रानाटोले भन्नुभयो, “म एक वैज्ञानिक हुँ त्यस कारण म एउटा वैज्ञानिक प्रक्रियालाई जहाँसम्म सकिन्छ सहयोग गर्ने छु ।”

यो खोप तीन महिना अवधिमा विकास गरिएको अक्फोर्ड विश्वविद्यालयका खोप विज्ञ सार्थ गिल्बर्टले बताउनुभयो । उहाँले व्यक्तिगत रुपमा आफूलाई सो खोपप्रति निकै विश्वास रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तर हामीले मानिसमा परीक्षण गर्नु पर्छ र त्यसबाट तथ्यहरु संक्रलन गर्नु पर्छ । हामीले आम मानिसमा प्रयोग गर्नु पहिले यसले कोरान भाइरसबाट मानिस संक्रमित हुनबाट रोक्छ भन्ने कुरा प्रमाणित गर्नु पर्छ ।”

पोफेसर गिल्वर्टले सो खोपले काम गर्ने कुरामा आफू ८० प्रतिशत विश्वस्त रहेको बताउँदै अहिले नै यसै भन्न सक्ने अबस्था नरहेको भए पनि आफू आशावादी भएको स्पष्ट गर्नुभयो ।

यो खोपले कसरी काम गर्छ त ?

यो खोप रुघाखोकी गराउने भाइरस ९जसलाई एडिनो भाइरस भनिन्छ० को कम्जोर समूहको भाइरस जुन चिम्पान्जीबाट लिइएको थियो र त्यसालाई मानिसमा विकास हनु नसक्ने गरी परीमार्जन गरिएको थियो ।
अक्फोर्डको टोलीले यस अघि कोरोना भाइरसको अर्को स्वरुप मर्सका लागि खोप विकास गरेको थियो र क्लिनिकल परीक्षणमा त्यसले राम्रो काम गरेको थियो ।

कसरी यसले काम गर्छ भन्ने बारे वैज्ञानिकहरुले बेलायका स्वास्थ्य सेवा प्रदायक निकायमा काम गर्ने जो भाइरस संक्रमणको उच्च जोखिममा रहेका छन उनीहरूमा यसलाई परीक्षण गर्ने सोच बनाएका छन् । थप ५०० जनामा यस किसिमको परीक्षण गर्न एक महिना समय लाग्ने छ ।
बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

कारबाहीपछि गगनले कोरेको नयाँ कांग्रेसको खाका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com