ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संकटका बेला एकजुट हुने राम्रो असल परम्परालाई हामीले कायम राख्नुपर्दछ– राष्ट्रपति भण्डारी


एबीसी न्यूज


काठमाडौं, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनुभएकाको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाको सहज जीवनको कामना गर्नुुभएको छ ।

राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको सन्देशमा उक्त कामना गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाको पुनःनिर्माणमा हामीले उदाहरणीय काम गर्न सकेको सन्देशमा भनिएको छ ।

“भूकम्पको निरन्तर धक्काको कारण त्रास र भयमा रहनुभएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं, संकटका बेला एकजुट हुने राम्रो असल परम्परालाई हामीले कायम राख्नुपर्दछ”, सन्देशमा भनिएको छ, “प्राकृतिक विपद्ले ल्याएको संकटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।”

सरकारले राष्ट्रिय पुनःनिर्माण प्राविधरणको स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण तथा प्रभावितको पुनःस्थापनाका कार्यलाई अघि बढाएको छ । यसबीचमा करिब पाँच लाख निजी अवास पुनःनिर्माण सम्पन्न हुनाका साथै करिब दुई लाख निजी आवास पुनःनिर्माणको प्रक्रियामा छन् ।

“भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचीकृत सम्पदालगायत अन्य सांस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनको पुनःनिर्माणमा पनि उल्लेखनीय उपलब्धि हासिल भएका छन”, सन्देशमा भनिएको छ, “यसै सन्दर्भमा पुनःनिर्माण पुनःस्थापनाका कार्यमा लाग्नुहुने र सहयोग पु¥याउनुहुने सबैलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।”

देशको भौगोलिक अवस्थाले गर्दा भूकम्प, बाढी, डुबान, पहिलाजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छौँ । यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पर्यावरणमैत्री एवं सुरक्षित भौतिक पूर्वाधार तथा प्रकोप प्रतिरोध बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पु¥याउन पर्ने आवश्यक रहेको छ । सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्दै भवनसंहिता अनुसार नयाँ संरचना बनाउने कार्यलाई अभियानका रुपमा अघि बढाउन आवश्यक सम्बन्धित निकायको ध्यान आकृष्ट गराइएको छ ।

“सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्वतयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न सकिन्छ”, सन्देशमा भनिएको छ, “भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःनिर्माणका सिकाइले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन र भविष्यमा विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पु¥याउने छ भन्ने विश्वाल लिएको छु ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

कारबाहीपछि गगनले कोरेको नयाँ कांग्रेसको खाका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com