ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट संक्रमित हुनेको संख्या २७ लाख १७ हजार नाघ्यो, १ लाख ९० हजारको मृत्यु (कहाँ कति संक्रमित सूचिसहित)


एबीसी न्यूज
बैशाख १२, २०७७ शुक्रबार  ६ : ५० बजे

काठमाडौं, १२ बैशाख । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७ लाख १७ हजार ९ सय ३१ पुगेको छ भने

संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार ६ सय ३० पुगेको छ ।विश्वभर एकैदिन ६ हजार ३५६ जनाको मृत्यु भएको छ ।

त्यस्तै २४ घण्टाको अवधिमा ८३ हजार ८२९ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ७ लाख ४५ हजार ६सय ५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १७ लाख ८० हजार १४७ जनाको अहिले उपचार भइरहेको छ । उपचाररत मध्ये ५८ हजार ६७८ को अवस्था चिन्ताजनक छ ।  अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ११० जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ४९ हजार ७६९ पुगेको छ ।

अमेरिकामा एकैदिन ३० हजार ७१३ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ८ लाख ८० हजार ४३० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ८५ जार ६२४ जना उपचारपछि निको भएका छन् । १४ हजार ९९७ जनाको अवस्था गम्भीर रहेको छ । ७ लाख ४४ हजार ३७ जना उपचाररत छन् ।

त्यस्तै बेलायतमा पछिल्लो २४ घण्टामा ६३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १८ हजार ७३८ पुगेको छ ।

एकै दिन ४ हजार ५८३ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख ३८ हजार ७८ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये १ लाख १८ हजार ९९६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार १५७ पुगेको छ । एकैदिन ४४० जनाले ज्यान गुमाएका छन् । अहिले स्पेनमा २ लाख १३ हजार २४ संक्रमित छन् ।

इटालीमा एकैदिन ४६४ जनाले ज्यान गुमाएका छन् । योसँगै ज्यान गुमाउनेको संख्या २५ हजार ५४९ पुगेको छ । अहिलेसम्म इटालीमा १ लाख ८९ हजार ९७३ जना संक्रमित छन् ।

त्यस्तै फ्रान्समा एकैदिन ५१६ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै कारण फ्रान्समा ज्यान गुमाउनेको संख्या १२ हजार ८५६ पुगेको छ । अहिलेसम्म १ लाख ५३ हजार १२९ मा संक्रमण देखिएको छ ।

फ्रान्समा संक्रमितमध्ये ४२ हजार ८८ जना उपचारपछि निको भएका छन् । ५ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ भने ९४ हजार २३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com