ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोग पुगे राजपा र समाजवादीका शिर्ष नेता


एबीसी न्यूज

काठमाडौँ, ११ बैशाख  । राजपा र समाजवादी पार्टीका शिर्ष नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । विगत लामो समयदेखी एकताको प्रयास गरेपनि असफल भएका दुई दल गएराति एकता गर्न सहमत भएका हुन् ।

मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन् । पार्टी एकता गरेर जनता समाजवादी पार्टी गठन गर्ने सहमति गरेका छन् । केही बुँदामा मात्र सहमति गरेपनि दल दर्ताका लागि कानुनी अड्चन देखिएको छ ।

नयाँ पार्टीले वैधानिकता पाउन यो निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता हुनुपर्छ । निर्वाचन आयोगमा दर्ता हुनका लागि दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय र केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउनुपर्छ ।  लकडाउनका कारण दुवै दलका केन्द्रीय सदस्य राजधानीमा छैनन् । जसले गर्दा सबैको हस्ताक्षर अहिले सम्भव छैन । केन्द्रीय कमिटिको निर्णय बिना दल दर्ता गरेको मान्ने कानुनी आधार हुनेछैन । जसले गर्दा दुई दलले आज नयाँ दल दर्ताको सूचनामात्र निर्वाचन आयोगलाई दिने बताएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुवै दल विभाजन नहुने र एकतालाई थप मजबुत बनाएर लगिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

कांग्रेसमा तेस्रोपटक विभाजनः इतिहास, नेतृत्व र सुधारको द्वन्द्व

सम्बन्धित

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

कारबाहीपछि गगनले कोरेको नयाँ कांग्रेसको खाका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com