ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोग पुगे राजपा र समाजवादीका शिर्ष नेता


एबीसी न्यूज
बैशाख ११, २०७७ बिहीबार  ११ : १४ बजे

काठमाडौँ, ११ बैशाख  । राजपा र समाजवादी पार्टीका शिर्ष नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । विगत लामो समयदेखी एकताको प्रयास गरेपनि असफल भएका दुई दल गएराति एकता गर्न सहमत भएका हुन् ।

मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन् । पार्टी एकता गरेर जनता समाजवादी पार्टी गठन गर्ने सहमति गरेका छन् । केही बुँदामा मात्र सहमति गरेपनि दल दर्ताका लागि कानुनी अड्चन देखिएको छ ।

नयाँ पार्टीले वैधानिकता पाउन यो निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता हुनुपर्छ । निर्वाचन आयोगमा दर्ता हुनका लागि दुवै पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णय र केन्द्रीय सदस्यहरुको हस्ताक्षर बुझाउनुपर्छ ।  लकडाउनका कारण दुवै दलका केन्द्रीय सदस्य राजधानीमा छैनन् । जसले गर्दा सबैको हस्ताक्षर अहिले सम्भव छैन । केन्द्रीय कमिटिको निर्णय बिना दल दर्ता गरेको मान्ने कानुनी आधार हुनेछैन । जसले गर्दा दुई दलले आज नयाँ दल दर्ताको सूचनामात्र निर्वाचन आयोगलाई दिने बताएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दुवै दल विभाजन नहुने र एकतालाई थप मजबुत बनाएर लगिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com