ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकतान्त्रिक मुल्य मान्यता विपरित अध्यादेश ल्याइएकोले त्यसलाई फिर्ता गर्न माग (भिडियोसहित)


एबीसी न्यूज
बैशाख ११, २०७७ बिहीबार  ९ : ४२ बजे

काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका प्रतिपक्षी दलहरुले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको एक स्वरमा विरोध जनाएका छन् । बुधवार नेपाली कांग्रेस, समाजवादी पार्टी, नेपाल, राजपा नेपाल र राप्रपाको संयुक्त बैठक बसी लोकतान्त्रिक मुल्य मान्यता विपरित अध्यादेश ल्याइएकोले त्यसलाई फिर्ता गर्न माग गरेका छन् । साथै सरकारको कदमको विरोधमा आन्दोलन अगाडी बढाउने बताएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, नेपाल र राप्रपाको बैठक बसी सरकारले सोमबार ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको एकै स्वरमा विरोध जनाएका छन् । सरकारले संसदीय अभ्यास, लोकतान्त्रिक मुल्यमान्यता विपरित गलत मनशायले अध्यादेश ल्याएकोले यसको खुलेर र एकमत भएर विरोध जनाउने सहमती गरेका छन् । बैठकपछि बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले ल्याएको अध्यादेश अहिलेको राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने गरी आएको बताउनुभयो । लोकतन्त्र, सुशासनलाई आँच पु¥याउँदै कुनै एक व्यक्तिलाई सर्वशक्तिमान बनाउने कुनियतका साथ अध्यादेश आएकाले सबै एकजुट भएर त्यसको विरोध गर्ने बताउनुभयो । बैठकले सामाजिक दुरी कायम राख्दै तुरुन्तै संसद बैठक बोलाउनुपर्ने र संसदमा छलफल गर्नुपर्ने माग राखेको छ । साथै सम्पूर्ण बुद्धिजिवी, नागरिक समाज र प्रादेशिक दलको समेत साथ लिएर आन्दोलन गर्न सबै एक भएको जानकारी दिनुभयो ।

समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको यस्तो अलोकतान्त्रिक कदमप्रति आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । सबैलाई साथमा लिएर आन्दोलनमा जाने उहाँको भनाई छ ।

त्यस्तै, समाजवादी पार्टी, नेपालका अर्का अध्यक्ष उपेन्द्र यादवले अध्यादेशले लोकतान्त्रिक प्रणालीलाई प्रहार गरी मुलुकमा अस्थिरता कायम गर्न लागेको बताउनुभयो । मुलुकलाई सर्वसत्तावादमा लान खोजिएको आरोप लगाउँदै यादवले अध्यादेश राष्ट्रहित विपरित रहेको तर्क गर्नुभयो । अरु साना दललाई फुटाउनको निम्ति अध्यादेश ल्याइएको चर्चा परिचर्चा चलिरहँदा यदि त्यसो गर्न लागिएको हो भने प्रधानमन्त्रीले मुलुकको निम्ति अपराध गरेको जिकिर गर्नुभयो । अध्यादेश जरुरी नभएको उहाँको भनाई छ ।

राजपा, नेपालका अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले अध्यादेश सर्वसत्तावाद र अधिनायकवादतर्फ लाने गरी आएकोले यसको सबै मिलेर बिरोध गर्नुपर्ने बताउनुभयो । अहिले सत्तारुढ नेकपा लगायत सबै राजनीतिक दलहरुलाई जनताले राजनीतिक स्थिरता कायम गर्नको निम्ति मत दिएको उल्लेख गर्दै अस्थिरता सिर्जना गरेर मुलुकलाई अधोगती तिर धकेल्न खोजिएको बताउनुभयो । लोकतान्त्रिक मुल्यमान्या विपरित संवैधानिक निकाय कब्जा गर्न खोजिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com