ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसबाट एकैदिन साढे ६५ सय भन्दा बढीको मृत्यु, ८० हजार नयाँ बिरामी थपिए


एबीसी न्यूज
बैशाख ११, २०७७ बिहीबार  ७ : २१ बजे

काठमाडौं, ११ बैशाख । विश्वभर कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ८४ हजार १ सय ८२ पुगेको छ भने संक्रतिको संख्या २६ लाख ३६ हजार ९३३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट एकैदिन साढे ६५ सय भन्दा बढीको मृत्यु भएको छ भने करिब ८० हजार नयाँ बिरामी उपचारको लागि अस्पताल पुगेका छन्।

वर्ल्डोमिटर्सका अनुसार बुधबार विश्वभर कोरोना भाइरसका कारण एकैदिन ६ हजार ५ सय ८९ जनाले ज्यान गुमाएका छन्। सोही दिन विश्वभर ७९ हजार ५ सय १५ जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन्।

अमेरिकामा बुधबार कोरोनाका कारण २ हजार ३ सय ४१ जनाको मृत्यु भएको थियो भने २९ हजार ९ सय ७३ नयाँ बिरामी थपिएका थिए। स्पेनमा बुधबार नै कोरोनाबाट ४ सय ३५ जनाका मृत्यु भएको थियो। सही दिन स्पेनमा कोरोनाका ४ हजार २ सय ११ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेका थिए।

इटालीमा ३ हजार ३ सय ७० नयाँ बिरामी थपिएको दिन ४ सय ३७ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा बुधबार कोरोका कारण ज्यान गुमाउनेको संख्या ५ सय ४४ रहेको छ। सोही दिन फ्रान्स्मा १ हजार ८ सय २७ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए।

जर्मनीमा बुधबार २ हजार १ सय ९५ जना नयाँ बिरामी थपिएका थिए भने २ सय २९ जनाको मृत्यु भएको थियो। बेलायतमा थप ४ हजार ४ सय ५१ जनामा बुधबार कोरोना भाइरसको संक्रमण देखिएको थियो। सोही दिन बेलायतमा कोरोना कारण ७ सय ६३ जनाले ज्यान गुमाएका थिए।

टर्कीमा ३ हजार ८३ कोरोनाका नयाँ बिरामी थपिएका थिए भने १ सय १७ जनाको मृत्यु भएको थियो। इरानमा बुधबार कोरोनाका कारण ९४ जनाको मृत्यु भएको थियो। सोही दिन इरानमा १ हजार १ सय ९४ जना नयाँ बिरामी देखिएका थिए।

रुसमा बुधबार थप ५ हजार २ सय ३६ जनामा कोरोना संक्रमण देखिएको थियो भने ५७ जनाको मृत्यु कारण कोरोना भाइरसको संक्रमण बन्यो। ब्राजिलमा २ हजार ६ सय ७८ नयाँ बिरामी देखिएको दिन बुधबार १ सय ६५ जनाले ज्यान गुमाए।

बेल्जियममा बुधबार कोरोनाबाट २ सय ६४ जनाको मृत्यु भएको थियो भने ९ सय ३३ जना नयाँ बिरामी थपिएका थिए। नेदरल्याण्ड्समा बुधबार १ सय ३८ जनाको मृत्यु र थप ७ सय ८ जनामा कोरोना भाइरस देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com