ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०५४ मै बनेको थियो राजनीतिक दल सम्बन्धी ऐन, राजनीतिक स्वार्थमा ऐन सच्याउदा विकृति (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, १० बैशाख ।  कोरोनाको महामारीसँगै लकडाउनमा फसेको राजनीतिक माहौल सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसँगै तातेको छ । नयाँ दल दर्ता गर्न पार्टीको केन्द्रीय समितिमा अथवा संसदीय दलमा ४० प्रतिशत मात्र भए पुग्ने गरी अध्यादेश आएपछि कुन दल फुट्न लाग्यो भनेर चौतर्फी चासो र चिन्ता बढेको छ भने मुलुक पुनः राजनीतिक अस्थिरतामा जाने हो कि भन्ने आशंका पनि उब्जिएको छ ।

सोमबार सरकारले दलसम्बन्धी अध्यादेश ल्याएपछि विगत केही समयदेखि सुनसान रहेको नेपाली राजनीतिमा तरंग छाएको छ । कोरोना महामारीसँगै ठप्पजस्तै भएको नेपाली राजनीति पुनः चलमलाउन थालेको छ । राजनीतिक दल त्याग गर्नुपर्दा दलको केन्द्रीय समितिमा र संसदीय दल दुबैमा ४० प्रतिशत पु¥याउनुपर्ने साविक कानुनमा परिमार्जन गर्दै दल त्याग गर्नुपरे केन्द्रीय समिति अथवा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पु¥याए पुग्ने प्रावधानसहित सरकारले अध्यादेश जारी गरेपछि नेपाली राजनीति तरंगित बनेको हो ।

यसैलाई लिएर नेपाली राजनीतिक वृत्तमा लोकतन्त्रको आकाशमा कालो बादल मडारिन थालेको चर्चा परिचर्चा समेत शुरु भएको छ । सरकारले अध्यादेश ल्याउनसाथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बसिरहेकै बखत राष्ट्रपति विद्यादेवी भण्डारीले तुरुन्तै जारी गरिदिनुभयो । पार्टीभित्रै छलफल नगरी अध्यादेश ल्याएको भन्दै नेकपाभित्र तिव्र मतान्तर भएको छ भने नेकपा बाहिरपनि यसले ठुलै कम्प ल्याइदिएको छ ।

नेकपा एकिकृत भएर राजनीतिक स्थिरता साथ समृद्धिको मार्गमा गएको बताइरहँदा यसरी पार्टी फुटाउन सजिलो हुनेगरी किन अध्यादेश ल्याउनुपर्ने आवश्यकता रह्यो भन्ने प्रश्न उब्जिएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश नेकपा लक्षित नभई अन्य राजनीतिक दल लक्षित रहेको बताएपछि प्रमुख प्रतिपक्षी लगायतका अन्य राजनीतिक दलमा भुकम्प आएको छ । राम्रोसँग पार्टी एकिकरणसमेत नभइसकेका दुई मधेशवादी दल समाजवादी र राजपा समेत तरंगित बनेका छन् ।

अध्यादेशको विरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसदेखि साना दल विवेकशिल साझा सम्मले अध्यादेशको विरोध गरेका छन् । यता, प्रधानमन्त्री ओली निकटका नेताहरुले भने यस कदमलाई लोकतन्त्रलाई बलियो बनाउनको निम्ति गरिएको प्रयासको रुपमा अथ्र्याएका छन् । विश्व र नेपाल नै कोरोना संत्रासको कहरमा अल्झिरहेको बेला दिर्घकालिन महत्व राख्ने अध्यादेश आएपछि स्वाभाविक रुपमा राजनीतिक बजार तात्छ नै ।

भलै, यसले कुन राजनीतिक दललाई कस्तो प्रभाव पार्ला भविष्यले देखाउनेछ तर मुलुकमा अस्थिरता निम्तिनसक्ने खतरा भने यो अध्यादेशले औँल्याएको छ । २०४७ सालपछि आएको राजनीतिक परिवर्तन पछि दलहरुले सरकार बनाउन थाले । सरकार अस्थिर हुन थालेपछि २०५४ सालमा तत्कालिन गिरिजाप्रसाद कोईराला नेतृत्वको सरकारले पार्टी र सरकारलाई अस्थिरताबाट जोगाउनको निम्ति नेपालको संसदीय इतिहासमै पहिलोपटक तत्कालीन सांसद रमेशनाथ पाण्डेको संयोजकत्वमा दल त्याग सम्बन्धि ऐन बनाउन सर्वदलिय संसदीय समिती बनाएको थियो । उक्त समितिले दल त्याग सम्बन्धी ऐन बनाएर दुवै संसदबाट पारित गरेपछि राजनीतिक स्थिरता हुने अपेक्षा गरिएको थियो ।

संसदीय दलमा ४० प्रतिशत पु¥याएर दल फुटाउन पाउने तर त्यसरी विभाजमा जाने सांसदको सांसद पद भने नरहने व्यवस्थासहित उतिखेर ऐन निर्माण गरिएको थियो । तत्कालिन समयमा दल फुट्नबाट ऐनको यो प्रावधानले जोगाउनसक्ने देखिन्थ्योे । अझ उक्त ऐन निर्माण समितिका संयोजक पाण्डका अनुसार दल फुटाएपछि पुरानो जुन दलबाट निर्वाचित भएको हो त्यो दलको सांसद पनि नरहने व्यवस्था र नयाँ निर्वाचनबाट निर्वाचित हुनु पर्नेगरी प्रस्ताव तयार पारेपनि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नमानेपछि ४० प्रतिशत पु¥याएपछि नयाँ दल बन्ने र सांसद पनि कायम रहने प्रावधान राखिएको थियो ।

मुलुकमा नयाँ संविधान बनेपछि राजनीतिक दलको मान्यतासम्बन्धी नयाँ प्रावधान आयो । थ्रेसहोल्ड कायम भयो । साना सबै राजनीतिक दलहरु एक भए– कति चुनाव अघि नै एक भए त कति चुनावपछि । कति एकिकरणको प्रक्रियामा छन् । सत्तारुढ नेकपा स्वयम् पनि एकताको प्रक्रियामा रहेको छ । सबै राजनीतिक दलहरु एक हुन लागेको यो अवस्थामा एकाएक सरकारले अध्यादेश ल्याउनुले तिर नेकपातिरै सोझिएको छ । यद्यपी दल त्याग सम्बन्धी अध्यादेश आउनु कुनै अनौठो नभएको र यसले संसदीय अभ्यासलाई कमजोर र अस्थिर बनाउने कुरामा पूर्वमन्त्री समेतरहनुभएका पाण्डे सहमत हुनुहुन्न । तर कुन नियतले आएको हो शंका गर्ने ठाउँ भने रहेको उहाँको भनाई छ । राजनीतिमा शुरुवात भन्दा पनि परिणाम मुख्य हुने भन्दै उहाँले अध्यादेश कसलाई लक्षित गरेर र किन आएको हो भन्नेमा भरपर्ने बताउनुभयो ।

कुन उदेश्यसाथ यो अध्यादेश आएको छ भविष्यले बताउँदै जाला । अध्यादेश र कानुनको गलत प्रयोग नहोस् र यसले मुलुकमा अस्थिरता ननिम्त्याओस् भन्नेमा राजनीतिक दल र तिनका नेताहरु गम्भिर हुनुपर्छ । नेकपा होस् अथवा अन्य कुनै दल अहिले विकास र समृद्धिको निम्ति जनमत पाएका हुन् । अस्थिरता निम्त्याउने राजनीतिक खेल जनताले धेरै हेरे । टुटफुटको श्रृङ्खला पनि धेरै भयो । अब त्यस्तो कानुनको दुरुपयोग गरेर कसैले पनि टुटफुटमा जानुले लोकतान्त्रिक पद्धतिलाई नै कमजोर बनाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com