ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा कोरोनाबाट एकैदिन २ हजार ८०२ सयको मृत्यु, संक्रमित संख्या ८ लाख नाघ्यो


एबीसी न्यूज

काठमाडौँ, १० वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस ( कोभिड–१९) को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या आज बढेको छ ।

आज विहान अमेरिकामा कोरोनाबाट हालसम्मकै बढी २ हजार ८०२ को मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३१८ पुगेको छ । यसअघि अप्रिल १५ मा कोरोनाबाट २ हजार ६१८ को ज्यान गएको थियो, त्यसयता मंगलबार भएको दैनिक मृत्यु हालसम्मकै उच्च हो ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १८ हजार ७४४ पुगेको छ । जसमा मंगलबार एकैदिन २७ हजार ४६ संक्रमित थपिएका छन् । साथै, ८२ हजार ९२३ जना भने पूर्ण रूपमा निको समेत भइसकेका छन् ।

अमेरिकामा आइतबार दैनिक मृत्यु संख्या निकै घटेको थियो । आइतबार त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५६१ जनाले ज्यान गुमाएका थिए । तर सोमबार फेरि एकै दिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९३९ को मृत्यु भएको थियो ।

त्यहाँको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ हजार ६९३ पुगेको छ । मंगलबार मात्र त्यहाँ ७६४ को मृत्यु भएको छ भने ४ हजार ४६१ नयाँ संक्रमित फेला परेका छन् ।

सोमबार त्यहाँ ६३१ जनाको मृत्यु भएको थियो भने ४ हजार ८७९ नयाँ संक्रमित फेला परेका थिए । आइतबार त्यहाँ एकै दिनमा ६२७ जनाको मृत्यु भएको थियो । यससँगै न्यूयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार नाघेको छ ।

अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा कोरोना संक्रमितको संख्या ९२ हजार ३८७ पुगेको छ । त्यहाँ ४ हजार ७५३ जनाले ज्यान गुमाएका छन्, जसमा ३७६ जनाको मृत्यु मंगलबार मात्र भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

रास्वपाभित्र विवाद चर्किँदै :तेह्रथुममा सामूहिक राजीनामा, दाङ–२ मा हस्ताक्षर अभियान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com