ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस : मृत्यु हुनेभन्दा निको हुनेको संख्या बढ्दै (२४ लाख ८२ हजार संक्रमित १ लाख ७० हजारको मृत्यु)


एबीसी न्यूज
बैशाख ९, २०७७ मंगलबार  १२ : २६ बजे

काठमाडौं, ९ वैशाख । विश्वलाई आतंकित बनाएको कोरोना भाइरस (कोभिड–१९)का संक्रमितहरु निको हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या चार गुणा बढेको छ ।
वल्र्डमिटरका अनुसार अनुसार मंगलबार दिउसो सम्म कोरोना भाइरसबाट १ लाख ७० हजार ४ ८२ जनाले ज्यान गुमाउँदा निको भएर घर फर्किनेको संख्या ६ लाख ५२ हजार ४ सय ८० रहेको छ । यो मृत्यु हुनेभन्दा निको हुनेको संख्या करिब ४ गुणाले बढि देखिन्छ ।

कोरोना निको हुनेहरुको संख्या सबैभन्दा धेरै जर्मनीमा छ। जहाँ अहिलेसम्म ९५ हजार २ सय निको भएर घर फर्किएका छन्। जर्मनीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ हजार ८ सय ६२ छ। यो भनेको मृत्यु हुने भन्दा निको हुनेको संख्या करिब १९ गुणा बढी हो।
स्पेनमा कोरोना जित्नेको संख्या ८० हजार ५ सय ८७ पुगेको छ। जहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार ८ सय ५२ छ।

चीनमा कोरोनाबाट ४ हजार ६ सय ३६ जनाको मृत्यु हुँदा निको हुनेको संख्या ७७ हजार ७ सय ७४ छ। यो मृत्यु हुने भन्दा कोरोना जित्नेको संख्या करिब १७ गुणा बढी हो।


अमेरिकामा ७ लाख ८६ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने ४२ हजार ५ सय १ ८ जनाको मृत्यु भएको छ। ७२ हजार ३ सय ८९ जना निको भएर घर फर्किएका छन्।

इरानमा कोरोनाबाट ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ भने ५९ हजार २ सय ७३ जना कोरोनालाई जितेर घर फर्किएका छन्। मृत्यु हुनेभन्दा कोरोना जित्नेको संख्या ११ गुणाभन्दा बढी छ।

इटालीमा २४ हजार १ सय १४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या ४८ हजार ८ सय ७८ छ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट ५ सय ९२ जनाले ज्यान गुमाउँदा ३ हजार २ सय ७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

विश्वभर हरेक दिन कोरोना जितेर घर फर्किनेको संख्या २० देखि २५ हजारभन्दा बढी छ भने औसतमा कोरोनाबाट हरेक दिन ५ देखि ६ हजारले ज्यान गुमाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com