ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिम्मत भए सञ्चो हुन्छः कोरोनामुक्त विक


एबीसी न्यूज
बैशाख ८, २०७७ सोमबार  ८ : ५२ बजे


नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । तिनमध्ये संक्रमण निको भएर चार जना घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनुभएको छ । सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्कनुभएको हो ।

चैत १० गते धनगढीको गौरीफन्टा पुग्नुभएका उहाँ लकडाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुग्नुभएको थियो ।

घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बस्नुभएका उहाँको कोभिड–१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेशनमा राखी उपचार शुरु गरिएको हो । स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएपछि विकलाई अस्पतालले आइतबार घर पठाएको छ । आइतबार सांँझ ६ बजे घर पुग्नुभएको कोरोना विजेतासंँग को कुराकानीको अंशः

१। आइसोलेशनमा तपाईँको दिनचर्या कसरी बित्यो ?

म १६ दिन आइसोलेशनमा बसेर फर्किएको छु । नयांँ जीवन पाएजस्तै लागेको छ । अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेर बस्थँे, फोनमा धेरै साथीहरुसंँग कुराकानी गर्थेँ । अस्पतालले ‘भागवत गीता’ दिएको थियो, त्यो पनि पढेंँ । अस्पतालमा हामी पांँच जना संक्रमित थियाँैं । हामीलाई अलगअलग कोठामा राखिएको थियो । हामी आफ्नो कोठाको बाहिर निस्केर एक आपसमा गफ गथ्र्यौँ । एक अर्काका समस्याबारे जानकारी लिन्थ्यौंँ । हामी सबैलाई खासै समस्या थिएन ।

२। डाक्टर र नर्सको व्यवहार कस्तो पाउनुभयो ?

डाक्टर, नर्सहरुले निकै राम्रो व्यवहार गरे । हाम्रो कोठामा भने कोही आएनन् । खानेकुरा र औषधि झ्यालबाटै दिन्थे । फोन गरेर पटकपटक जानकारी लिन्थे । बाहिरबाट हेर्थे, कुरा गर्थे, रमाइलो कुरा गरी हंँसाएर जान्थे । एकदिन भने एक जना डाक्टर मेरो नजीकै आउनुभएको थियो । उहांँले नआत्तिन आग्रह गर्नुभयो । हामी तपाईँको साथमा छौंँ भन्नुभयो, निकै खुशी लागेको थियो ।

३। कत्तिको डराउनुभएको थियो, अन्य बिरामी कत्तिको त्रसित थिए ?

कोभिड –१९ लाग्यो भनेपछि त्यसै डरलाग्दो रहेछ । संक्रमण भयो भनेपछि मलाई तनाव भयो । हामी पांँच जना संक्रमित पनि एक आपसमा भेट्नै डर लागेको थियो । रोग लागेको छ भनेपछि बांँच्नुपर्छ भन्ने लाग्दोरहेछ । जीवनमा देखेका सपनाहरु सम्झिएँ, जीवन के हो त्यतिखेर बुझेंँ । डाक्टरहरुसँंग कुरा गर्दा हिम्मत मिल्ने रहेछ । मलाई कुनै पनि लक्षण भने देखिएको थिएन तर पनि संक्रमण देखियो भनेपछि अलि डराएको थिएँ । कोरोना संक्रमण भएका बिरामी राखिएका छन् भनेपछि हामी बस्ने वार्डमा अन्य कोही मानिस आउंँदैनथे । डाक्टर र नर्सबाहेक अन्य कोही आएनन् ।

४। तपाईँलाई केके लक्षण देखिएको थियो ?

मलाई केही समस्या नै भएन । मलाई कुनै पनि लक्षण देखिएन । ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या जस्ता कुनै लक्षण थिएनन् । म एकदमै स्वस्थ थिएँ । लक्षण नदेखिएपछि शुरुका केही दिन त मैले डाक्टरहरुलाई म संक्रमित छैन भनेर जिद्दी गरँें । मलाई मात्र होइन अन्य चार जनालाई पनि खासै समस्या छैन । धनगढीका विदेशबाट आएका दाइलाई भने खोकी लाग्थ्यो । अरु सबै सामान्य छन् ।

५। अब कसरी बस्नुहुन्छ ?

म विपन्न परिवारको मानिस हुंँ । म भारतको होटलमा खाना पकाउने काम गर्थेँ । मैले कमाएर मेरो घर चलेको छ । अहिले त केही दिन छुट्टै बस्छु । घरमा आफैँ पकाएर खान मिल्ने व्यवस्था छैन तर छुट्टै बस्ने, कसैलाई नछुने, सुरक्षित तवरले बसेको छु । म घर फर्केपछि मेरी आमा धेरै खुशी हुनुभएको छ । घरमा हामी ११ जनाको परिवार छ । मेरो आमाका सपना पूरा गर्नुछ । एक हप्तापछि पुनःपरीक्षण गर्ने भनिएको छ । अहिले त डाक्टरहरुले भनेअनुसार बस्छु । पछि त काम गर्नैपर्छ, नत्र जीवन कसरी चलाउनू ?

६। कोभिड –१९ संक्रमणबाट बच्न अन्यलाई के सुझाव दिनुहुन्छ ?

मैले अस्पताल बस्दा तातोपानी धेरै खाएँ । पटकपटक खाना, फलफूल खाएँ । खानपिनमा ध्यान दिनुस् । लकडाउन पालना गराँैं । सकेसम्म एक आपसमा टाढा रहाँैं । संक्रमण देखिहाले पनि नआत्तिन अनुरोध गर्छु । हिम्मत भए सञ्चो हुन्छ । कोरोना लाग्यो भनेपछि मानिस बढी आत्तिने रहेछन् । नआत्तिए रोग जित्न सकिन्छ । मलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद । मेरो उपचारमा खटिने डाक्टर, नर्स, लम्कीचुहा नगरपालिका, साथीभाइ मेरो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारी छु ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

संसद् अधिवेशन किन स्थगन भयो? यस्तो छ भित्री कारण

सम्बन्धित

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले सरकारलाई छलफलमा झिकायो

ब्रेन क्यान्सरबाट पीडित वडाध्यक्ष विष्टको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com