ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व तयारीका गरेका कारण नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम बढेन – सरकारका प्रवक्ता खतिवडा


एबीसी न्यूज


काठमाडौं, ६ वैशाख । अर्थ, सञ्चार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सरकारको पूर्व तयारीका कारण नेपालमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न नदिएको बताउनुभएको छ ।

एबीसी टेलिभिजनको कार्यक्रम आउटलुक विशेषमा शनिबार कुरा गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खतिवडाले सरकारले बेलैमा पुर्व तयारी गरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न नदिएको बताउनुभएको हो । आगामी दिनमा कोरोना संक्रमणको चुनौतीलाई थेग्नसक्ने सामथ्र्य पनि सरकारले बनाइरहेको उहाँको भनाई छ । मुलुकमा ३० हजार बढी वेडसंख्याको क्वारेन्टाइन बनाइएको र ¥यापिड टेस्ट एवं पिसिआर परिक्षण मार्फत धेरै ठाउँबाट कोरोना परिक्षण शुरु भएको मन्त्री खतिवडाले बताउनुभयो ।

सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाइरहेको मन्त्री खतिवडाको भनाई छ । २ वटा वाइडबडी जहाजमा स्वास्थ्य सामाग्री नेपाल भित्रिइसकेको र तातोपानी नाकाबाट १० हजार सेट पिपिई पनि उपलब्ध गराईएको जानकारी दिनुभयो ।

टेष्ट किटको केही अभाव भएकाले अत्यावश्यक भएकालार्ई विशेष गरी परिक्षण गर्नुपरेको र सबै नेपालीलाई जाँच्नु नपर्ने उहाँको भनाई छ । नेपालमा कोरोना संक्रमणको त्रास भए पनि स्थिति भयावह नभएको मन्त्री खतिवडाले बताउनुभयो । उपचार गर्न सरकारी अस्पतालहरु परिचालित भएको अवस्थामा नीजि अस्पतालहरु पन्छिनुले नीजि अस्पतालको भुमिकामाथि प्रश्न उठेको उहाँको भनाई छ ।

कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद प्रकरण अपारदर्शी भएको भन्ने प्रश्न उठेकाले त्यसको छानविन सम्बन्धित निकायले गर्ने भएकोले अहिले अर्नगल प्रचार गर्नुको आवश्यकता नरहेको मन्त्री खतिवडाको भनाई छ । सामान खरिद र नेपाली सेनाले सामान ल्याउने विषय पनि कानुन सम्मत् भएन भने कारबाही गर्न सकिने उहाँले बताउनुभयो । लकडाउनको पालना गर्दै आवत् जावतमा बन्द गर्न जोड दिनुपर्ने बताउँदै मन्त्री खतिवडाले अलपत्र परेका मजदुरहरुलाई सरकारले राहत उपलब्ध गराइरहेको बताउँदै सरकारले कोही कसैलाई भोकै मर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।

सरकारले नेपाली जनता र नेपालमा रहेका विदेशीको जीवन रक्षाको निम्ति काम गरिरहेकोले लकडाउनलाई पालना गर्न अनुरोध गरेको स्मरण गराउनुभयो । लकडाउनको बेलामा पनि अति आवश्यक बस्तुको ढुवानी नरोकीएको र यो बेला खाद्यान्न उत्पादन र आर्थिक गतिविधि चलायमान बनाउने बारे सरकारले सोचिरहेको जानकारी दिनुभयो । बैशाख १५ पछि संक्रमण फैलिने नफैलिने स्थिति हेरेर आवश्यक ठाउँको लकडाउन खोल्ने निर्णय गरिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com