ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा पछिल्लो १२ घण्टामा एक हजार २९० जना थपिए अब ८९ जना मात्र गम्भीर विरामी बांकी


ABC NEWS

काठमाडौं, ५ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा यो महामारीबाट मृत्यु हुनेको संख्या एक हजार २९० जना थपिएको छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन् । महामारीको समयमा अस्पतालमा पर्याप्त भर्नाको अभावको कारण उनीहरु गणनामा छुटेकालाई पुन गणनामा राखिएको हो ।

वुहानले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पुनरावलोकन गर्दै तीन हजार ८६९ पुर्‍याएको हो । समग्र संक्रमितको संख्यामा पनि उसले ३२५ थप गरेको छ । वुहानमा समग्र संक्रमितको संख्या पनि ५० हजार ३३३ पुगेको छ । साथै दोहोरिएकालाई हटाउने र छुटेकालाई थप्ने काम पनि भएको अधिकारीहरुले बताएका छन् ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार महामारीको समयमा पर्याप्त भर्ना तथा उपचारको क्षमताको अभावको कारण केही मेडिकल संस्थाले समयमा नै रोग नियन्त्रण तथा रोकथाम प्रणालीलाई जानकारी दिन सकेका थिएनन् । त्यतिबेला अस्पताल तथा मेडिकलहरुमा बिरामीको अत्यधिक चाप थियो । त्यसैले वास्तविक नतिजामा ढिलाइ, छुट्ने र गलत तथ्यांक दिने क्रम बढेको थियो । अहिले सार्वजनिक गरिएको नयाँ तथ्यांक वुहानको महामारी नियन्त्रण तथा रोकथामको तथ्यांकमा जोडिएको छ ।

यसअघि अस्पतालमा भर्ना भएकाभन्दा बाहेकका बिरामीको मृत्युलाई भने समावेश गरिएको थिएन । साथै केही मेडिकल संस्थाहरुले संक्रमण पुष्टि तथा मृतकको तथ्यांक ढिलो बुझाएका थिए । चीनले सार्वजनिक गरेको तथ्यांकमा विश्वभर आशंका उत्पन्न भइरहेको समयमा वुहानले आफ्नो तथ्यांकमा पुनरावलोकन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com