ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा संक्रमण बढिरहँदा नेपालमा भने विगत ५ दिनदेखि नयाँ संक्रमण देखिएको छैन


एबीसी न्यूज

काठमाडौ, २८ चैत  विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा भने विगत ५ दिनदेखि नयाँ संक्रमण देखिएको छैन ।
बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा.विकास देवकोटाले नेपालमाकोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिनुभएको हो ।

नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर ५ सय १३ नमुना परीक्षण गरिएको छ। साथै १ सय ९३ जनाको परीक्षण जारी छ। पछिल्लो ५ दिनमा नयाँ संक्रमित नदेखिएका हुन्। चैत २२ गते ३ जना कोरोना संक्रमित फेला परेपछि संक्रमितको संख्या ९ पुगेको थियो। एक जना निको भएर घर फर्किसकेका छन्। बिहीबारको अपडेटमा आइसोलेसनमा देशभरी ११७ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन्।

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेकाको परीक्षणका लागि ५ हजार प्रति प्रदेशको दरले आरडिटी उपलब्ध गराएको र प्राविधिकहरुलाई तालिम दिएको जानकारी दिए। कैलालीमा ६६ जनामा आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।
साथै मन्त्रालयले बिहीबारदेखि कोरोना भाइरसको नियमित अपडेट साङ्केतिक भाषामा समेत गराउन थालेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सम्बन्धित

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

कांग्रेस विभाजनको संघारमा: सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

केपी ओलीको स्थान हद फुकुवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com