ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालोबजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवालको अवैतनिक दूत पद खारेज


एबीसी न्यूज

काठमाडौ, २८ चैत । सरकारले नेपालका लागि किर्गिज गणतन्त्रका मानार्थ अवैतनिक वाणिज्यदूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ।

कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै कालोबजारी गरेको आरोपमा ज्वरो नाप्ने थर्मल गनसहित उनलाई मङ्गलवार पक्राउ गरिएको थियो।

त्यसपछि बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालमा रहेका सबै अवैतनिक वाणिज्यदूतहरूलाई उपलब्ध गराइएका केही विशेष सुविधा खोसिएको जनाएको थियो।

उनीहरूलाई दिइएको नीलो नम्बर प्लेट र सवारी साधनमा राष्ट्रिय झण्डा प्रयोग गर्न दिने विगतको निर्णय अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको परराष्ट्र मन्त्रालयले बताएको थियो। परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल शाखाले अग्रवालको पद खारेज गरिएको जानकारी किर्गिस्तानको सरकारलाई गरिएको जनाएको छ। चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारीले अग्रवालको पद खारेज गरिएको र यस बारेको जानकारी सम्बन्धित मुलुकलाई कूटनीतिक माध्यमबाट गराइएको छ ।

यसअघि आफ्नो पदीय हैसियत र विशेषाधिकारको दुरुपयोग गर्दै अग्रवाल गैरकानुनी गतिविधिमा समावेस भएको परराष्ट्र मन्त्रालयले बताएको थियो। मङ्गलवार दिउँसो राजधानीको नक्सालस्थित बालमन्दिरबाट पक्राउ परेका ४५ वर्षका अग्रवाल हाल प्रहरी हिरासतमा छन्। कोभिड–१९ को विश्वव्यापी सङ्कटको अवस्थामा ज्वरो जाँच्न प्रयोग गरिने अन्दाजी ३५ सय रुपैयाँ पर्ने थर्मल गनको मूल्य बढाएर १५ हजार रुपैयाँ प्रतिगोटा बेचेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। शङ्कर ग्रुपका सञ्चालक रहेका अग्रवाललाई उनले प्रयोग गर्ने २०९–एचसीसी नम्बरको कूटनीतिक नियोगको नम्बर प्लेट राखिएको पजेरो गाडी र त्यसको डिकीमा राखिएको ६७ थान थर्मल गनसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको ऐतिहासिक व्यापार अधिशेष : विश्व बजारमा निर्यातको बाढी

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता टोली पुग्यो

सम्बन्धित

पार्टी फुटको संघारमा पुगेका बेला शेखर कोइराला के गर्दैछन् ? (भिडियो)

आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

कांग्रेसमा अन्तिम घडीको ड्रामा: देउवा र महामन्त्रीद्वय बीच निर्णायक भेट, फुट टार्ने वा निर्वाचनबाटै नयाँ नेतृत्व ?

कांग्रेस विभाजनको संघारमा: सहमति खोज्न शीर्ष नेताहरुले अन्तिम प्रयास गर्दै

‘भुइँ तहको विद्रोह’ निर्णायक: विशेष महाधिवेशन निर्वाचनमै मोडियो, देउवा बाहिरिने संकेत!

केपी ओलीको स्थान हद फुकुवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com