ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बन्यो कार्यविधी : कोरोनाका कारण मृत्यु शव नछोई संस्कार गर्न दिइने (यस्तो छ मन्त्रालयको १९ बुदे कार्यविधी)


एबीसी न्यूज
चैत्र २७, २०७६ बिहीबार  १० : ०६ बजे

काठमाडौं, २७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भए शवको व्यवस्थापन सम्बन्धी कार्यविधि जारी गरेको छ । कार्यविधी अनुसार कोरोना भाइरसका कारण कसैको मृत्यु भए छुन पाइँदैन, मृतकका आफन्तले पनि एक मिटर टाढाबाट पालैपालो शव हेर्न मात्रै पाउछन् ।

मन्त्रालयले भविष्यमा कसैको कोरोनाका कारण मृत्यु भए शव व्यवस्थापनमा सहजताका लागि कार्यविधी तयार पारेको हो । मन्त्रालयले सदगद गर्दा आफ्नो कुल परम्परा अनुसार शवलाई टाढैबाट जल छर्कन, पाठ गर्न र शव नछोई संस्कार गर्न दिइनेछ । यसरी सदगत गर्दा पूर्व सावधानी अपनाउनुपर्ने उल्लेख गरेको छ ।

कोरोनाका कारण कसैको मृत्यु भए प्रशासनको निगरानीमा गरिन्छ । कोरोना कारण मृत्यु भएकाहरुको सदगत गर्दा सबैले पीपीई अलगाउनु पर्ने कार्यविधीमा छ । कोरोना भाइरसको महामारी भएका देशहरुमा पनि स्थानीय प्रशासनले सतर्कता अपनाएर शवको अन्तिम संस्कार गर्दै आएको छ ।

मन्त्रालयले ६० वर्ष भन्दा माथि उमेर भएका र दीर्घरोगीको मृत्य सामान्य मानिसको भन्दा बढी सावधनी अपनाउनुपर्ने बताएको छ । नेपालमा बिहीबारसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये एकजना उपचारपछि घर फर्किएका छन् ।

यस्तो छ मन्त्रालयको १९ बुदे कार्यविधी
१ शव लिन जानुपूर्व शववाहनका चालक तथा कर्मचारीहरुले पीपीई को प्रयोग गर्नुपर्दछ ।
२ मृतकको कुलधर्म अनुसार शवको सम्मान गर्दै निजका उपस्थित आफन्तहरु समेतलाई सुरक्षित राख्नुपर्दछ ।
३ कोरोनाका कारण मृत्यु भएको शव जथाभावी सदगत गर्नुहुँदैन ।
४, शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्सका कर्मचारी, सदगत गर्ने व्यक्तिहरु र सदगतमा सहभागि हुने मृतकका आफन्तजनले पञ्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई प्रयोग गर्नुपर्दछ ।
५ शवलाई कम भन्दा कम चलाउनु पर्दछ ।
६ शवमा लागेका पाईप, केथेटर लगायतका सामाग्रीहरु हटाई दिनुपर्दछ ।
७ शवको कुनै भागबाट श्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गर्नुपर्दछ ।
८, शव अन्तिम संस्कार गर्ने स्थलतर्फ लैजान साधारण शववाहनको प्रयोग गर्न सकिनेछ ।
९ शवलाई ‘डिस्इन्फेक्ट’ गर्न हुदैन ।
१० शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा र्पुयाउनुपर्दछ ।
११ शवको शरीरको कुनै भागबाट श्राव भएमा बाहेक शव राख्न विशेष ब्यागको आवश्यकता पर्नेछैन ।
१२, ६० वर्ष माथिका व्यक्तिहरू र दीर्घ रोगीहरूलाई शवको नजिक जानबाट रोक्नुपर्दछ ।
१३, सदगत गर्नुपूर्व आफ्नो कुलरपरम्परा अनुसार शवलाई नछोईकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलापहरू गर्न सकिनेछ ।
१४, मृतकका आफन्तले शव हेर्न चाहेमा कम्तिमा एक मिटर टाढाबाट पालैपालो गरी हेर्न दिन सकिनेछ ।
१५, मृत्यु भएको ब्यक्तिको सामान्यता पोष्टमार्टम गर्नुपर्दैन । यदि गर्नु परेमा मृतकको फोक्सो तथा अन्य अंगहरूमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्दछ ।
१६, यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा मात्र न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर पोष्टमार्टम गर्नुपर्दछ ।
१७, कोरोना कारण मृत्यु भएका व्यक्तिको शव रहेको शव गृहमा उपयुक्त प्रकाश भेन्टिलेसन र सरसफाईको व्यवस्था गर्नुपर्दछ ।
१८, पोष्टमार्टम सकिनेवित्तिकै प्रयोग गरेको सामाग्रीहरू ‘डिस्इन्फेक्ट’ गर्नुपर्दछ ।
१९, क्लिनिकल सामाग्री सावधानी पूर्वक डिस्पोज गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई ‘छाती थाप्न’ आउन आग्रह

सम्बन्धित

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com