ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वित्तीय क्षेत्रप्रति नागरिकको विश्वास जोगाइराख्छु – नवनियुक्त गभर्नर


admin
चैत्र २५, २०७६ मंगलबार  २ : ५१ बजे

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले आज पदबहाली गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाट पद तथा गोपनियताको शपथ लिएपछि अधिकारी केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर पदबहाली गर्नुभएको हो ।

नवनियुक्त गभर्नर अधिकारीको स्वागतका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठलगायतका उच्चपदस्थ कर्मचारी बैंक परिसरमा उपस्थित हुनुहुन्थ्यो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहनु भएका अधिकारीलाई गभर्नरमा नियुक्त गरेको थियो ।

विसं २०७३ मा डेपुटी गभर्नरबाट अवकाश हुनु भएका अधिकारी पछिल्लो चार वर्षदेखि बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत हुनुहुन्थ्यो । ‘गोरखा भूकम्प’को समयमा समस्यामा परेको मुलुकको आर्थिक तथा बैंकिङ क्षेत्रमा तत्कालीन गभर्नर चिरञ्जीवी नेपालसँग करिब आठ महिना डेपुटी गभर्नर भएर काम गर्नुभएका अधिकारीले संसारलाई नै समस्यामा पारेको कोरोना भाइरसबाट नेपालको वित्तीय क्षेत्रलाई जोगाउने जिम्मेवारी पाउनु भएको छ । पदवाहाली लगत्तै उहाँले गर्नुभएको पहिलो नीतिगत निर्णय पनि सोही सेरोफेरोमा नै केन्द्रीत रहेको छ । कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न उहाँले कार्यदल नै गठन गर्नुभएको छ । कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन ।

पदवाहालीपछि उहाँले भन्नुभयो, “आज मात्रै पहिलो नीतिगत निर्णयको रुपमा कोरोनाको असर अध्ययन गर्न कार्यदल बनाउने तथा नियमित अनुगमन गर्ने निर्णय भएको छ । त्यसले समग्र अर्थतन्त्रको अवस्थामा कस्तो प्रभाव पर्छ भनेर अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयनका लागि सुझाउनेछ ।”यसअघि नै राष्ट्र बैंकले केही राहतका कार्यक्रम ल्याइसकेको छ । त्यसलाई निरन्तरता दिँदै समग्र क्षेत्रमा असर कस्तो पर्छ भन्नेतर्फ विशेष चासोका साथ काम गरिने उहाँको भनाइ छ । निजी क्षेत्रसँग असाध्यै नजिक रहेर काम गरेर आएको जानकारी दिँदै उहाँले आफू निजी क्षेत्र मैत्री भएर नै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । केन्द्रीय बैंकले यसअघि अगाडि बढाएका राम्रा नीति तथा कार्यक्रमलाई अगाडि बढाउने उहाँको थप प्रष्टोक्ति थियो । कोरोनाका कारण अहिले सबै क्षेत्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले विगतमा अर्थतन्त्रको एउटा क्षेत्रमा समस्या आउँदा अर्को क्षेत्रले सहयोग गर्ने स्थिती रहेपनि हाल त्यस्तो नभएकाले सोची विचारी नै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रको कारण संसार भर नै समस्यामा परेको छ । त्यसलाई व्यवस्थित गर्न र काम चलाएर लैजान पनि चुनौतीपूर्ण पनि उत्तिकै छ ।” उहाँले कोरोनाका कारण प्रत्येक घरको चुल्होमा समस्या परेको सन्दर्भ जोड्दै समस्याबाट पार पाउने र निस्कने उपायको खोजीमा समेत आफू लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । व्यापार व्यवसाय गर्ने, आर्थिक क्षेत्रमा काम गर्ने तथा वित्तीय क्षेत्रमा समेत समस्या देखिएको भन्दै उहाँले वित्तीय क्षेत्रप्रति आम जनताको विश्वास कायम राख्नेतर्फ नै आफू लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “फाइनान्सियल क्षेत्रमा पब्लिकको विश्वासलाई जोगाएर राख्न विभिन्न खालका उपकरण प्रयोग गर्नुपर्छ । यो संवेदनशील क्षेत्र हो, चुनौतीपूर्ण पनि छ । यो नेपालको मात्रै चुनौती होइन, संसारभरकै हो । कुनै एउटा सेक्टरमा हुँदा अन्यत्रले सहयोग गर्न सक्थे । अहिले अवस्था त्यस्तो पनि छैन ।”

नेपाल राष्ट्र बैंकको स्वायत्तताको विषयमा सोधिएको एक जिज्ञासामा उहाँले केन्द्रीय बैंक संसारभर जहाँसुकै पनि स्वायत्त हुने भएकाले त्यसमा आफू सजग रहेको बताउनुभयो । राष्ट्र बैंक आफैँमा सशक्त संस्था भएको तथ्य पेश गर्दै नवनियुक्त गभर्नर अधिकारीले कुनै एउटा व्यक्तिभन्दा पनि आफू सामूहिक रुपमा नै काम गर्न मन गर्ने भएकाले सबैसँग मिलेर काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “म सधैँभरी भुङ्ग्रोमा खेल्न आए जस्तो लाग्छ । डेपुटी गभर्नरमा रहँदा पनि भूकम्प आयो । अहिले पनि कोरोनाको प्रभाव परेको छ ।”कोरोना महामारीका बीचमा आफू केन्द्रीय बैंकका आएको भएपनि प्रतिस्पर्धा गर्ने डेपुटी गभर्नरसँग सहकार्य गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मसँगै प्रतिस्पर्धा गर्नुभएको डेपुटी गभर्नर अझै १० महिना बस्नुहुन्छ । यो समयमा धेरै काम गर्न सकिन्छ ।” उहाँले भूकम्पको समयमा आफूले पनि आठ महिनाको अवधिमा धेरै काम गरेको उहाँले स्मरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

बंगलादेशमा खालिदा जियाको पार्टी बीएनपीलाई बहुमत, भारत अमेरिकाबाट बधाई !

सम्बन्धित

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

६० लाख लुटपाटमा प्रहरी हवल्दारसहित ४ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com