ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमा पारीबाट आउने तरकारी, फलफुल र खाद्यवस्तुलाई पनि ‘क्वारेन्टायन’मा राख । [भिडीयो सहित]


sharan sharan
चैत्र २५, २०७६ मंगलबार   ७ : ५४   बजे
Photo : Dinesh Kumar Shrestha

नागरिकलाई कोभिड १९ बाट जोगाउन भन्दै स्थानीय सरकारहरुले हाटबजार र तरकारी थोक बजार केन्द्र बन्द गरएपनि सिमा पारी भारतबाट आउने तरकारी तथा फलफुल आउने क्रम रोकिएको छैन । प्रदेश तथा स्थानीय सरकारलाई सिमा पारीबाट आउने सवारी आवागमन रोक्ने अधिकार नभएका कारण तरकारी र फलफुल आउने क्रम नरोकिएको हो ।
सिमा पारी भारतीय बजारबाट आयात हुने तरकारी, फलफुल तथा खाद्य सामाग्रीसंगै कोभिड १९ को जोखि बढेको गुनासो आएपछि स्थानीय सरकारहरुले आ आफ्नो स्थानीय तहमा हाटबजार र तरकारी थोक बजारहरु बन्द गराउन थालेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारहरु बन्द गराएर स्थानीबासीलाई भारतीय तरकारी र फलफुल प्रयोग नगर्न आह्वान गरेसंगै बुटवल उपमहानगरपालिकाले पश्चिम क्षेत्रकै ठुलो परिमाणमा भारतीय तरकारी र फलफुलको कारोबार हुने तरकारी तथा फलफुलको थोक बजार केन्द्र बन्द गराएको छ ।
एबिसी टेलिभिजनबाट तरकारी र फलफुल बोकेर आउने सवारी साधनहरुले कोरोना भाइरसको जोखिम बढाएको बिषय उठान गर्दै रिपोर्ट प्रशारण गरे लगत्तै उपमहानगरले थोक बजार केन्द्र बन्द गराएको हो । सिमा नाकामा बैदेशीक आयात रोक्ने अधिकार संघिय सरकारलाई मात्र भएका कारण स्थानीय सरकारहरुले स्थानीय बजारहरु बन्द गराएर आयात नियन्त्रण गर्न खोजेपनि सिमा पारीबाट आउने क्रम भने रोकिएको छैन । भिडभाड नियन्त्रण गर्न नसक्ने अवस्था आएको तथा हाटबजार र मण्डीका कारण लकडाउन नै फितलो भएपछि बन्द गरिएको बुटवल उपमहानगर पालिकाकका नगर प्रमुख शिवराज सुबेदी बताउनु हुन्छ ।
त्यसो त रुपन्देही तरकारीका लागि आत्म निर्भर भएको जिल्लाका रुपमा गनिन्छ । जिल्लाको छपिया, सुर्यपुरा, रुद्रपुर, सेमलार सहित पाल्पा, गुल्मी र अर्घाखांचीबाट समेत तरकरी आउने भएकाले रुपन्देहीको उपभोक्तालाई भारतीय तरकारी नआउंदैमा फरक नपर्ने तरकारी र फलफुलका ब्यवसायी बताउंछन् । स्थानीय तहले आयात बन्द गर्न नसकीरहेको अवस्थामा जोखिम कम गर्न केन्द्र सरकारले या त जोखिम अवधिभर पुरै आयात बन्द गर्नु पर्छ या भाइरस निश्क्रिय हुने अवधी भर सिमामा गाडी रोक्नु पर्ने तथा सवारी चालकको स्वास्थ्य जांच र सेनेटराईज गरेर मात्र नेपाल भित्राउनु पर्ने माग छ पैचो पसलका प्रमुख संचालन अधिकृत केशवराज न्यौपानेको ।
स्थानीय सरकारले नेपाल मै कृषि उत्पादन गर्ने कृषकहरुलाई नगरका बिभिन्न स्थानहरुमा स्थान उपलब्ध गराई उपभोक्तालाई सहज वाताबरण निर्माण गर्न सके भारतीय बजारको भरमा नपरेपनि नागरिकको चुल्होमा तरकारी पाक्ने छ । तर कृषकका नाममा चोरी निकासी गरि भारतीय तरकारी बेचे नबेचेको बिषयमा स्थानीय सरकारको अनुगमन भने चुस्त बनाउन जरुरी छ । चुल्होमा पाक्ने हरियो तरकारी भन्दा त जिवन नै प्यारो होला नी, हैन र ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

रविमाथिको ‘सांगठनिक जालो’ खुकुलो: संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता !

मन्त्री सुनिल लम्सालको ‘खुट्टा भाँचिदिनुस्’ अभिव्यक्ति : पूर्वाधार निर्माणको हतार कि कानुनी राज्यमाथिको चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group