ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिम सरकार भन्छ– लकडाउनलाई थप कडाइका साथ लागू गर्नुपर्छ


admin

 

काठमाडौं, २३ चैत । सुदूरपश्चिम प्रदेश सरकारले लडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाइका साथ लागू गर्ने र लकडाउन अवधि थप गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । उहां जोखिम बढेपछि प्रदेश सरकारले विदेशबाट आएका सबैलाई परीक्षणको दायरामा ल्याउनुपर्ने तर, यसका लागि पर्याप्त स्रोत साधनको भने अभाव देखिएको बताउनुभयो ।

“क्वारेन्टाइन कोभिड–१९ शंकास्पद लाई थप प्रभावकारी र व्यवस्थित बनाउन कडाईका साथ क्वारेन्टाईन सम्बन्धि तोकिएको नियमानुसार लागु गरिने छ।” मन्त्री शाहले भन्नुभयो,–“भारत लगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाईनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानिय तह तथा सुरक्षा निकायको समन्वयमा व्यवस्थित गरिने छ ।”कोरानाको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका लागि आवश्यक पर्ने औषधि, उपकरण, आवश्यक सामग्री तथा विज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मार्फत नेपाल सरकारलाई माग गर्ने निर्णय गरिएको छ ।

अस्पताल र स्वास्थ्य कार्यालयलाई विनियोजन गरिएको बजेट कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा व्यवस्थापन प्रयोजनका लागि व्यवस्थित रुपमा खर्च गर्ने, वितरण भइरहेका राहत सामग्रीहरु वितरण सबन्धी व्यवस्थाको लागि स्थानीय तह मार्फत् एकद्वार प्रणाली मार्फत व्यवस्थित गर्ने पनि निर्णय भएको छ । प्रदेशअन्तर्गतका प्रादेशिक तथा जिल्ला अस्पतालमा कोभिड–१९ को उपचार तथा व्यवस्थापन गर्न चिकित्सक सहितको मेडिकल स्वास्थ्य टोलीनिर्माण गरी तयारी अवस्थामा राख्ने, एम्बुलेन्स तथा शव बाहनको व्यवस्था तम्तयार गर्ने निर्णय भएको मन्त्री शाहले जानकारी दिनुभयो ।

१९० गरिब परिवारलाई खाद्यान्न

एनआईसी एशिया बैंकले लकडाउनबाट प्रभावित गरीब तथा ज्यालादारी गरी खानेहरुका लागि रु। तीन लाख ७५ हजार बराबरको खाद्यान्न सामग्री सहयोग गरेको छ । एनआईसी एशिया बैंकका सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रमुख टेकराज भट्टले बैंकका तर्फबाट छाक टार्न समस्या भएका कैलाली र कञ्चनपुरका बिभिन्न क्षेत्रका १९० गरिब तथा मजदुर परिवारलाई दैनिक उपभोग्य वस्तुहरु स्थानीय तह मार्फत प्रदान गरिएको बताउनुभयो ।कैलालीको गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, बर्दगोरिया, कैलारी र जोशीपुर गाउँपालिका र कञ्चनपुरको बेतकोट नगरपालिकाका प्रमुख मार्फत बिपन्न परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामाग्रीहरु प्रदान गरिएको बताइएको छ ।

बैंकले यसअघि काठमाडौं र प्रदेश नं १ मा ज्याला मजदुरी गर्नेहरुका लागि रू। पाँच÷पाँच लाख बराबरको खाद्यान्न सामाग्री समेत वितरण गरिसकेको बैंकका प्रमुख भट्टको भनाई छ ।दार्चुलाका तीन स्थानीय तहमा विपद् कोषदार्चुलाका तीन स्थानीय तहले कोरोना माहामारी रोकथाम तथा विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथाम व्यवस्थपनका लागि स्थानीय तहले कोष स्थापना गरेका हुन् ।दार्चुलाको नौगाड गाउँपालिका, मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाले विपद् व्यवस्थापन कोराना माहामारी रोकथाम कोष निर्माण गरेका हुन् । नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीको अध्यक्षतामा शनिबार बसेको गाउँ कार्यपालिका बैठकले कोराना भाइरस तथा विपद् व्यवस्थापन नियन्त्रणका लागि कोष बनाउने निर्णय गरेको हो । नौगाड गाउँपालिकाले विपद् कोषमा रु नौ लाख ७४ हजार बजेट विनियोजन गरेको छ भने सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने रु तीन लाख पनि सोही कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुभयो ।

मार्मा गाउँपालिकाले कोराना भाइरस रोकथाम र व्यवस्थापनको लागि रु १५ लाख बजेट विनियोजन गरी विपद् कोष स्थापना गरिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले जानकारी दिनुभयो । शैल्यशिखर नगरपालिकाले कोराना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रु २५ लाखको विपद् कोष निर्माण गरेको नगरप्रमुख अमरसिंह धामीले जानकारी दिनुभयो । उक्त कोषमा नगरपालिकाले रु २१ लाख र सुदूरपश्चिम सरकारबाट प्राप्त हुने रु चार लाख सोही कोषमा राख्ने निर्णय गरेको हो ।

नौगाड गाउँपालिकाले विपद् कोषमा कर्मचारी तथा नौगाड गाउँपालिकाभित्र र बाहिर रहेका व्यक्तिले स्वःस्फूर्तरूपमा सहयोग गर्न सक्ने जनाएको छ । साथै गाउँपालिकाले अब उप्रान्त गाउँपालिकामा प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ भने हालसम्म गाउँपालिकाले हरेक वडामा हुने गरी ९६ श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा १६ जना बसेका छन् । अझै क्वारेन्टाइन अभाव हुने भन्दै थप क्वारेन्टाइन निर्माण गर्ने तथा भारतलगायतका शहरबाट गाउँ फर्किएका हरेक व्यक्तिलाई वडाअनुसार स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्णय गरिएको अध्यक्ष धामीको भनाइ छ । क्वारेन्टाइन र हेल्थ डेस्क र स्वास्थ्य संस्थामा चाहिने औषधिलगायतका उपकरणका लागि प्रदेश सरकारसँग आग्रह गर्ने निर्णय गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिकाले हरेक क्वारेन्टाइनमा स्वास्थ्यकर्मी खटाउने तथा गाउँपालिकाभरि रहेका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइलगायतलाई २४सै घण्टा खुला राख्ने निर्णय गरेको छ ।

शैल्यशिखर नगरपालिकाले विपद् कोषमा नगर कार्यपालिका पदाधिकारीको तीन दिनको बैठकभत्ता, नगरपापलिकाबाट नियुक्त भएका शिक्षकबाट तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय गरिएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताउनुभयो । नगरपालिकाले कोराना भाइरस नियन्त्रण तथा रोकथामका लागि २४सै घण्टा खटिने कर्मचारका लागि ५० देखि ७५ प्रतिशत प्रोत्साहन भत्ता थप दिने निर्णय गरेको छ । कोरानाका आङ्शकामा जाँचका लागि गोकुलेश्वर अस्पतालसम्म पुग्ने बिरामी र नगरपालिकाभित्रका नागरिकलाई उपचारको लागि बाहिर लैजाँदा एम्बुलेन्समा ५० प्रतिशत रकम छुट दिनेजस्ता निर्णय गरिएको विष्टको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com