ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमितलाई नियन्त्रणमा लिने सशस्त्रको टोली सेल्फ क्वारेन्टाइनमा


admin
चैत्र २३, २०७६ आईतबार  ४ : ५३ बजे

काठमाडौं, २३ चैत । वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ ।

भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए । “भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो ।” ब्रह्मदेवस्थित शसस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले भन्नुभयो–“गाडीको पछाडी पट्टी राखेर हाम्रो टोलीले गड्डाचौकी पु¥याएको थियो ।”उहाँले सो दिन खटिएका शसस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।“उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा छ ।” उहाँले भन्नुभयो–“हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन ।”

शसस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको शसस्त्र प्रहरीले जनाएको छ । चैतको दोस्रो साता लकडाउनको शुरुवात बेला सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार तथा स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका समेत निभाएको थियो । शसस्त्र प्रहरी बलले भारतीय सुरक्षा निकायसित पनि आवश्यक समन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि सङ्क्रमित भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिनुभयो । “अरुमा त्यस्तो कुनै समस्या छैन ।”उहाँले भन्नुभयो–“सङ्क्रमितले आश्रय लिएको बेदकोटको सुन्दरपुरमा रहेको क्वारेन्टाइन अहिले अनुगमन गरेका छौँ ।”

उहाँले सङ्क्रिमतसँगै क्वारेन्टाइनमा आश्रय लिएकाको अवस्था सामान्य रहेको बताउनुभयो । “अहिले सुन्दरपुरको क्वारेन्टाइनमा २५ जना बस्दै आएका छन ।” उहाँले भन्नुभयो–“यहाँ क्वारेन्टाइनमा बस्न आउने बढिरहेका पनि छन् ।” कञ्चनपुरका नौ वटै स्थानीय तहले पनि भारतलगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्याङ्क सङ्कलन गरेर सावधानि अपनाउन क्वारेन्टाइन बस्न आग्रह गरेका छन् । सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङ्गमा कोरोना भाइरस परीक्षणका लागि ¥यापिट टेस्टिङ किट प्रयोग गर्ने निर्णय गरेको छ“सङ्क्रमण अरुमा नफैलियोस भनेर सरकारले किट प्रयोग गर्ने निर्णय गरेको हो ।” सहायक प्रजिअ उपाध्यायले भन्नुभयो–“टिक कञ्चनपुर आइसकेपछि त्यसको तत्काल व्यवस्थापन गछौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

वीर अस्पतालले गर्‍यो स्वास्थ्य बीमाबाट पाइने सेवा कटौती

सुटुक्क सर्वोच्च पुगे बालेन, अवहेलना मुद्दामा चैत १२ को तारिख

सम्बन्धित

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

रामेछाप बस दुर्घटना अपडेट : मृतकको संख्या १२ पुग्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com