ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड– १९ कम्युनिटी ट्रान्समिसनमा: यो साता चुनौतीपूर्ण


एबीसी न्यूज

काठमाडौं, २३ चैत । नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को शनिवार १२आँै दिनमा धनगढीमा रहेका एक जना सङ्क्रमितबाट उनका आफन्तमा कोभिड– १९ देखिएपछि रोकथाम र नियन्त्रणमा चुनौती थपिएको हो ।

शनिवार एकै दिन तीन जनामा सुदूरपश्चिम प्रदेशमा सङ्क्रमण देखिएको छ । मुम्बाइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिलामा देखिएको हो । महिला भने यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०ले ९कम्युनिटी ट्रान्समिसन०लाई सङ्क्रमणको दोस्रो चरण बताएको छ । पहिलो चरण सङ्क्रमितलाई मात्र हुनु र त्यसबाट अन्यलाई सर्न नदिनुलाई मानिन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले कम्युनिटी ट्रान्समिसन भएपछि चुनौती थपिएकाले विदेशबाट आएका सबैको कोभिड– १९ परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । “पहिले हामी पहिलो चरणमा रहेका थियौ । नेपालमा नै रहेका व्यक्तिमा कोभिड– १९ देखिएपछि हामी दोस्रो चरणमा प्रवेश गरेका छाँै”, उहाँले भन्नुभयो, “विदेशबाट आएका मानिसमा मात्र होइन । अब तिनीहरु बसेको समुदायको स्क्रीनिङ गर्नुपर्नेछ ।”

उहाँले नेपालसँग सीमा जोडिएका भारतको उत्तराखण्ड, उत्तरप्रदेश विहारमा सङ्क्रमण देखिएकाले पनि हामीले थप सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विदेश र भारतबाट प्रवेश गरेका सबैको को कहाँ छन् भनेर राम्रोसँगै निगरानी राखेर क्वारेन्टाइनमा राख्नुपर्ने बताउनुहुन्छ ।

सातवटै प्रदेशबाट कोभिड–१९ को नमूना परीक्षण थालिएको र दिनदिनै कोभिड–१९ सङ्क्रमण देखिएपछि नेपालमा अबको एक हप्तामा वास्तविक सङ्क्रमणको स्थिति कस्तो हुने थाहा हुनेछ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले बन्दाबन्दी ‘लकडाउन’को अवधि थप गरेर सङ्क्रमित रहेको समुदायको सबैको नमूना परीक्षण गर्नुपर्ने बताउनुभयो । विश्वभरि फैलिएको महामारीका कारणले सरकार गत चैत ११ गते लकडाउन गरेको हो भने चैत ९ गतेदेखि विदेशबाट आउने अन्तरराष्ट्रिय विमानस्थल पनि बन्द भएकाले त्यसपछि नेपालमा हवाइमार्गबाट मानिस आएका छैनन् । सो अवधिमा आएका मानिसको अहिले सङ्क्रमण देखिरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले व्यक्तिमा सङ्क्रमण देखिएकाले सचेत हुनुपर्ने बताउनुहुन्छ । उहाँले समुदायमा सङ्क्रमण सरेपछि यो साता निकै चुनौतीपूर्ण रहने बताउनुभयो ।

नेपालमा यही चैत २५ गते लकडाउनका अवधि १५ दिन पुग्दैछ । सो अवधिमा विदेशबाट आएका मानिसमा सङ्क्रमणको लक्षण देखिए पनि ती व्यक्तिले अन्यलाई सारेकाले लकडाउन बढाउनुको विकल्प नरहेको विज्ञ सल्लाहकार डा कार्कीको भनाइ रहेको छ । “यो हप्ता हामी बाहिरबाट आएका लक्षण देखिएका मानिसमा कति कति देखियो भन्ने कुरा थाहा हुनेछ”, उहाँले भन्नुभयो, “अहिले एकै दिनमा तीन जनामा समेत देखियो । यसले हामीलाई यो हप्ता निकै कठिन हुन्छ ।”

यो लकडाउनको अवधिमा नेपालमा रहेका सङ्क्रमितको तथ्याङ्क आउने भएकाले जोखिम मानिएको हो । कोरोना भाइरसका सङ्क्रमण देखिने अनुसन्धानबाट दुई हप्ता हो । यो दुई हप्ताभित्रमा लक्षण देखिने हो भने देखिन सक्दछ । होइन भने देखिँदैन । चौध दिनपछि कममात्रामा लक्षण देखिने गर्दछन् । हाल नेपालमा विदेशबाट आएका आठ र एक जना नेपालमै रहेका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले समुदायमा नै सङ्क्रमण देखिएकाले नमूना परीक्षणको दायरा बढाउनुपर्ने बताउनुहन्छ । उहाँले नमूना परीक्षण दैनिक एक हजार पु¥याएर अवको हप्तामा विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्ने बताउनुभयो । “व्यक्तिबाट व्यक्तिमा सङ्क्रमण सरेको छ । अब समुदायमा त्यो स¥यो कि सरेन भनेर हेर्नुपर्दछ उहाँले भन्नुभयो, “विदेशबाट आएका सबैको परीक्षण गर्नुपर्दछ । त्यसैले यो एक हप्ता हाम्रा लागि निकै चुनौतीपूर्ण रहन्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com