ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना संक्रमणबाट ज्यान गुमाएका नागरिकहरुको सम्झनामा चीनमा आज राष्ट्रिय शोक मनाउने


एबीसी न्यूज

काठमाडौं, २२ चैत । कोरोना संक्रमणबाट ज्यान गुमाएका देशभरका नागरिकको सम्झनामा आज १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गर्ने चीनको राज्य परिषदले जनाएको छ । जसअनुसार चीनले यस अवधिमा देशभर र विदेशमा रहेका सबै दूतावास तथा नियोगमा आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाउने छ। साथै सबै सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरेको सिन्ह्वाले जनाएको छ । चीनले कोभिड–१९ को संक्रमणविरुद्धको लडाइमा मृत्यु भएका शहीदहरुको सम्झना आज शनिवार राष्ट्रिय शोक मनाउने भएको छ। भाइरस विरूद्धको युद्धमा मृत्यु भएका चिकित्सक, सुरक्षाकर्मी, सामाजिक कार्यकर्ताहरूलाई राष्ट्रिय शहीदको मान्यता दिईने भएको छ ।

बिहान १० बजेदेखि चीनले मौनधारण गर्ने समयमा हवाइ गस्ती बन्द गर्नुका साथै लाउडस्पिकरबाट दिइने चेतावनीको ध्वनीसमेत बन्द गर्ने छ। सबै सवारी साधान, रेलहरु पनि रोकिनुका साथै हर्न बज्ने छैनन्। चीनको राज्य परिषदको कार्यालयले यस विषयमा सूचना जारी गर्दै सबैलाई अनुरोध गरेको छ।

चीनमा हरेक वर्ष मृतकहरुको सम्झना गरेर मनाइने पर्व छिङमिङ मनाउने छ। जुन यस वर्ष अप्रिल ४ र ५ मा परेको छ। टम्ब स्विपिङ डे को रुपमा मनाइने छिङमिङको अर्थ (पूर्ण चमक) हो। सौर्य मण्डलको २४ औं चक्र अनुरुप चिनियाँ पात्रो अनुसार दोस्रो चर्कमा यो पर्व पर्छ। यस पर्वका क्रममा चीनभर विदा दिइन्छ।

२५ सय वर्ष देखि यो पर्व चीनमा मनाइँदै आएको छ। यस पर्वका दिन आफ्ना पूर्वजहरुको सम्झना गरिन्छ। चिनियाँ हान समुदायहरुले विशेष गरी यो पर्व मनाउँछन्। चीनमा हान समुदायको बाहुल्यता छ। हान बाहेक अन्य ५५ वटा अल्पसंख्य समुदायहरुले पनि यसलाई मनाउँछन्। यस दिन उनीहरुले मसानघाटमा बनाइएका स्मृति स्तम्भहरुलाई बढार्ने गर्छन्।

सन् २००२ को मे २० मा चीनले पहिलो राष्ट्रिय पर्व तथा सांस्कृतिक सम्पदा कार्यक्रमको रुपमा सूचिकृत गरेको थियो। यस दिन चिनियाँहरुले आफ्ना पूर्वजहरुको सम्झनामा उनीहरुको स्मृतिमा निर्माण गरिएका ढुंगाको अभिलेखहरुको सफाइ गर्दै पुन निर्माण गर्छन्। पूर्वजहरुको पूजा गर्छन् र उनीहरुलाई खाना, चिया तथा रक्सी खुवाउँछन्। उनीहरुसँग आशिर्वाद लिन्छन्। यस पर्वलाई ताछिङ पर्वको रुपमा पनि मनाइन्छ। जसको अर्थ हरियो धागो हो। यसले वसन्तको आगमनलाई जनाउँछ। यो पर्वपछि जताततै हरियाली छाने विश्वास छ। यस पर्वका दिन चीनमा तीन दिन सार्वजनिक विदा दिइन्छ। यसपटक विदा शनिवार आइतवार र सोमवार दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com