ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च मनोबलका साथ काम गर्नूस् , पोखरामा पोजेटिभ रिपोर्ट छैन : स्वास्थ्य मन्त्रालय


एबीसी न्यूज
चैत्र २१, २०७६ शुक्रबार  ५ : १० बजे


काठमाडौं, २१ चैत ।  महामारीका बेला सबैले मिलेर काम गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । विपद्को यो बेला दीर्घ रोगी, गर्भवती र सुत्केरी लगायत सबै स्वास्थ्यकर्मीले आफ्ना क्षमता र दक्षता अनुसार उच्च मनोबलका साथ काम गर्ने बेला यही भएकाले स्वास्थ्य क्षेत्रका कसैलाई पनि बिदा नदिने मन्त्रालयले स्पष्ट पारेको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संकटको यो बेला अन्यौलमा नपरी सबैले काम गर्नुपर्ने भएकाले कसैलाई पनि बिदा नमिल्ने स्पष्ट पार्नुभयो । यसैबीच पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।

पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरा पनि देवकोटाले उठाए । कुनै केस शंकास्पद भयो भने त्यहाँ फेरि दोहोर्‍याएर हेर्ने गरिएको उहाले बताउनुभयो । यो अलिकति के हुँदोरहेछ भन्दा अहिले हामीले प्रदेशमा (ल्याब) विस्तार गर्‍यौं। प्रदेशमा मेसिनहरु गएको छ, रिजेन्टहरु गएको छ । त्यो मेसिनहरुको भ्यालिडेसनको कुरा आउँछ । केही कुराहरु त्यहाँ प्रष्ट रुपमा गर्नुपर्ने हुन्छ ।
मतलव, संख्याचाहिँ यथेष्ठ रुपमा गरेर, पोजेटिभ, नेगेटिभको संख्याहरु आएर अन्त पनि भेरिफाइड भयो भने यो सब सिस्टम ठीक छ भनेर यो एउटा सामान्य गतिविधि हो । यसमा फेरि त्यहाँ परीक्षण हुने, त्यसपछि फेरि हाम्रो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आउने, यो दोहोरो भयो भन्ने कुरा पनि केहीले उठाउनुभएको छ, त्यसो हुँदैन । यो चाहिँ भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिजेन्टहरु मिल्ने कुरालाई हेर्दाखेरि केही नमूनाहरु हामीले रि (पुनपरीक्षण) गर्नुपर्ने हुन्छ । त्यो भनेको हाम्रो निर्णयहरु, हाम्रो परीक्षणको नतिजाचाहिँ कंक्रिट होस् भन्नलाई हो, यो सधैंभरि गर्नुपर्दैन । केही समयका लागि हुन्छ । यसले गर्दाखेरि कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ । यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले त्यहाँ पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ । उहाले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

थापाथलीमा आँसु र अनिश्चितताको बिदाइः बस्ती खाली गरिँदै 

सम्बन्धित

सुकुम्बासी बस्तीमा ‘बालेन’ एक्सन: आफ्नै पार्टी रास्वपा अनभिज्ञ, थापाथलीमा प्रहरीको कडा निगरानी

धुलोजन्य वायु प्रदूषण उच्च

डोमोक्रेटिक राज्यमा डोजरको शासन: सुकुम्बासी बस्तीमा ‘युद्ध’ को तयारी, मानवीयता कि व्यवस्थापन ?

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले भन्यो– प्रतिरक्षाका लागि जे गर्न पनि तयार छौं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com