ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमित बोक्न हिडेको एम्बुलेन्सको चालक हराएपछि……………


एबीसी न्यूज


गलकोट, २१ चैत । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए ।

साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी गरेपछि जिल्ला स्वास्थ्य कार्यालय बागलुङ र धौलागिरी अञ्चल अस्पतालको स्वास्थ्यकर्मी घरमै क्वारेन्टाइनमा बस्दै आउनुभएकी ती वृद्धालाई अस्पताल ल्याउने तयारीमा जुट्यो । जिल्ला विपद् व्यवस्थापन समितिको चैत १६ गते भएको निर्णयानुसार नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको एम्बुलेन्स कोरोनाका भाइरसका विरामी बोक्नका लागि तयारी अवस्थामा राखिएको थियो ।

कोरोना सङ्क्रमित ती वृद्धाको घर बागलुङ बजार नजिकै भएका कारण अस्पताल ल्याउनमा कुनै समस्या थिएन । तयारी अवस्थामा रहेको नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्सलाई धौलागिरी अञ्चल अस्पतालमा बोलाइयो । स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौं र धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। शैलेन्द्र बि। पोख्रेलको नेतृत्वले कोरोना भाइरसबाट सङ्क्रमित विरामी ल्याउन जानुपर्ने बताएपछि एम्बुलेन्स चालकले रेडक्रसले नियुक्ति पत्र नदिएको भन्दै आनाकानी गर्न थाल्नुभयो ।

अस्पताल तथा स्वास्थ्य कार्यालयले यस्तो सङ्कटको घडीमा सुरक्षा सामग्री लगाएर सङ्क्रमित विरामी अस्पताल ल्याउनुपर्ने भनेपनि चालकले आलटाल गर्दै एम्बुलेन्स छोडेर भागेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिनुभयो । “हामीले तयारी अवस्थामा राखेको एम्बुलेन्स चालकलाई सुरक्षित तरिकाले सङ्क्रमित ल्याउन आग्रह ग¥यौं”, उहाँले भन्नुभयो, “हामीले अन्य तयारी गरिरहेको समयमा चालकले एम्बुलेन्स छोडेर फरार भयो ।”

एम्बुलेन्स छोडेर चालक भागेपछि स्वास्थ्य कार्यालयको चालक र प्रमुख गुरौंले सोही एम्बुलेन्समा राखेर सङ्क्रमित ती वृद्धालाई धौलागिरी अञ्चल अस्पताल ल्याइएको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा। पोखरेलले जानकारी दिनुभयो । चालकको गैरजिम्मेवारीपनका कारण विरामीलाई अस्पताल ल्याउन दुई घण्टा ढिलो समेत भएको थियो । प्रमुख गुरौंका अनुसार एम्बुलेन्स चालकलाई सुरक्षित राख्नका लागि एम्बुलेन्सलाई दुई भागमा विभाजन गरेको र पिपीइ लगाएर मात्र विरामी ल्याउन आग्रह गर्दा पनि एम्बुलेन्स अस्पतालमै छोडेर चालक भागेका थिए ।

एम्बुलेन्स चालकले असुरक्षा तथा नियुक्तिपत्र नभएको भन्दै भागेपछि पिपीइ लगाएर सङ्क्रमित विरामी बोक्न कुनै समस्या नहुने भन्ने सन्देश दिनका लागि आफू र आफ्नो चालक विरामी लिन सङ्क्रमितको घरमै पुगेको गुरौंको भनाइ छ । चालकले पिपीइ लगाएर सङ्क्रमित विरामी बोक्न कुनै समस्या नहुने डा। पोखरेलको भनाइ छ । “अस्पतालमा निकै कम जनशक्तिमा पनि रातदिन उपचारमा खटिएका छौं”, उहाँले भन्नुभयो, “सुरक्षा सामग्री लगाएर विरामी बोक्दा चालकलाई केही हुँदैन ।”

धौलागिरी अञ्चल अस्पतालमा ती वृद्धासहित कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ । एम्बुलेन्स चालक बिरामी भएका कारण अर्को चालकलाई अस्थायी रुपमा काममा लगाइएकाले विरामी बोक्न अस्वीकार गरेको हुन सक्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले जानकारी दिनुभयो । लामिछानेले आफूले चालकलाई सुरक्षा सामग्री तथा तालीमको व्यवस्था गर्न आग्रह गरेपनि सम्बन्धित निकायले वेवास्ता गरेको आरोप लगाउनुभयो ।
सङ्कटको घडीमा चालकले सुरक्षा सामग्रीसहित एम्बुलेन्स सञ्चालन नगरी भाग्दा नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्स थन्किने अवस्थामा पुगेको छ । तयारी अवस्थाको एम्बुलेन्स थन्किदा अन्य कोरोना भाइरसका सङ्क्रमित फेला परेमा अस्पताल ल्याउन झनै समस्या हुने बताइएको छ ।
–खेमराज गौतम(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com