ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्वरोको बिरामी नहेरेर मर्ने स्थिति नहोस्– स्वास्थ मन्त्रालय


admin
चैत्र १८, २०७६ मंगलबार   ६ : ५६   बजे

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक अस्पताललाई ‘इमरजेन्सी’ सेवा नरोकि बिरामीको औषधि उपचार गर्न निर्देशन दिनुभएको हो ।

अस्पतालमा ज्वरोका बिरामी जाँदा उपचार नगरिरहेको मृत्युको मुखमा पुगेको भन्दै उहाँले ज्वरोका बिरामीको उपचार गर्न निर्देशन दिनु भएको हो । “अस्पतालले ज्वरोका बिरामीदेखि हराएर उपचार नगरेको पाइएको छ । बिरामीको उपचार नगर्दा विभिन्न रोगबाट ग्रस्त बिरामीको अवस्था जटिल भएर मृत्युको मुखमा पुगेका छन्” उहाँले भन्नुभयो, “हामीले अस्पताललाई चाहिने औषधिजन्य सामग्री दिएर स्वास्थ्यकर्मीको मनोबल बढाएका छौँ । त्यसैले ज्वरोको बिरामी नहरेर मर्ने स्थितिमा नपु¥याउनुहोस् ।”यसैगरी मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ का सङ्क्रमण भएका परिवार, साथीको निगरानी ९कन्ट्याक ट्रेसिङ्ग० गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार सङ्क्रमित दुई जनाको ‘कन्ट्याक ट्रेसिङ्ग’ सकिएको र अन्य दुई जनाको पनि ८० प्रतिशत गरिएको छ ।

यसैगरी मन्त्रालयले विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षण गर्ने भन्दै ‘¥यापिड टेष्ट’ गर्ने क्रम बढेपछि त्यो आवश्यक नभएको औंल्याएको छ । तत्क्षण परीक्षण गर्ने मापदण्ड विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारभन्दा बाहेक अन्य तरिकाबाट गर्न नमिल्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिनुभयो ।“विभिन्न स्थानमा ‘¥यापिड टेष्ट’ कीट गरेको सूचना प्राप्त भएको छ । त्यसले कोभिड–१९ को नमुना परीक्षण गर्नु भनेको विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको मापदण्ड विपरीत हो”, उहाँले भन्नुभयो, “त्यस किसिमको टेष्ट कीटबाट सही परीक्षण हुँदैन । उहाँले सरकारले तोकेको प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण हुने प्रष्ट पार्नुभयो ।

मन्त्रालयले आजदेखि नै कोभिड–१९ को नमूना परीक्षण पोखरामा शुरु गरिएको छ । मन्त्रालयका प्रवक्ताका अनुसार धनगढी, जनकपुर, बुटवल र सुर्खेतमा पनि नमूना परीक्षणको लागि मेशिन पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group