ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशबाट आएका नागरिक सबैले कोभिड–१९ बोकेर आएका हुँदैनन्


sharan sharan

आईसोलेसन वार्डमा भर्ना भएका बिरामीहरु धमाधम मृत्यु हुने र मृत्युपछि उनीहरुको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आउने घटना दोहोरिन थालेपछि देशभर बनाईएका आइसोलेसन वार्डको उपचार पद्दतिप्रति नै प्रश्न उठ्ने सम्भावना खडा भएको छ । कोरोना विशेष अस्थायी अस्पतालमा आईतबार मृत्यु भएका रुपन्देही सैनामैनाका ३४ वर्षीय बाबुराम थापाको रिपोर्ट पनि नेगेटिभ आएको छ । कोरोना भाइरसको आशंकमा गत १३ गते अस्पताल भर्ना भएका उनको रिपोर्ट आइतबार केन्द्रिीय प्रयोगशालामा पठाईएकोमा सोमबार रिपोर्ट नेगेटिभ आएको हो । पहिलो रिपोर्ट नेगेटिभ आएपछि पुनः परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएको अस्थायी अस्पतालका सुचना अधिकृत डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
मृतक बाबुरामको रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालको उपचार पद्दतीमा प्रश्नचिन्ह खडा भएको छ । उनलाई ट्राभल स्टोरीकै आधारमा आईसोलेसन वार्डमा भर्ना गरिँदा अन्य रोगको उपचार नपाएर मृत्यु भएको देखिन आएको छ । गत ६ गते दुबईबाट नेपाल आएका थापालाई आउँदाखेरी नै सामान्य ज्वरो आएको भनिएको छ । सुरुमा मेडिकलबाट औषधी लिएर खाँदा ठिक भएको र पुनः ज्वरो आएपछि उनी लुम्बिनी प्रादेशीक अस्पताल पुगेका थिए । अस्पतालले उनको ट्राभल स्टोरीकै आधारमा कोरोना बिशेष अस्पतालमा पठाएको थियो । उनको मृत्यु भएको सम्बन्धमा अस्पतालले कुनै कारण खुलाउन सकेको छैन । अस्पतालका सुचना अधिकारी डा. गौतमले मृत्यको कारण पत्ता लगाउन पोष्टमार्टम गरेर अर्गान परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । एउटा बिरामी अस्पतालमा बिरामी हुन्छ र उनको मृत्युको कारण थाहा हुन नसक्नु पक्कै पनि चिन्ताको बिषय हो भन्नुपर्दछ ।
आईसोलेसनको मापदण्डबिना नै आईसोलेसन वार्ड बनाईएको स्वयं चिकित्सकहरुले गुनासो गर्न थालेका छन् । पर्सनल प्रोटेक्टीभ ईकुमेण्ट पीपई बिना आईसोलेसन वार्ड बनाईएको चिकित्सकहरुको भनाई छ । त्यहाँ न अक्सिजनको पाईप छ न त भेण्टीलेटर नै । बोर्ड मात्र झुण्डाएर आईसोलेसन नहुने तर्क छ डा. गौतमको । एकजना बिरामी हेर्न जानुपर्दा ८ जना बिरामीसंग सम्पर्क गर्न चिकित्सक बाध्य हुनुपर्ने अवस्था रहेको उहाँको भनाई छ । बुटवलको धागो कारखानामा बनाईएको कोरोना बिशेष अस्थायी अस्पतालमा एउटै हलमा आधा अल्मुनियम पार्टेशन गरेर ८ जना बिरामी राख्ने वार्ड बनाईएको छ । डाक्टर गौतमको भनाईलाई मान्ने हो भने चिकित्सकहरु त्यति खतरा मोलेर बिरामीको उपचार गरिरहेकाछन् त ? भन्ने प्रश्न सजिलै गर्न सकिन्छ ।
विदेशबाट आएका सबैलाई कोरोना बोकेरै आएका नागरिक जस्तो वयवहार भएको कारण पनि यस्ता घटना उत्पन्न भएका हुन् । राज्यले या त विदेशबाट आएका सबैको स्वाब परीक्षणको ब्यवस्था मिलाउन सक्नु पर्दथ्यो वा सबैलाई क्वारेन्टाइनमा राख्न सक्नुपर्दथ्यो । त्यसो नगरी विदेशबाट आएका जो कसैलाई रुघा लागे पनि ज्वरो आए पनि वा खोकी लागेपनि सिधै आईसोलेसनमा राख्ने र उपयुक्त सुरक्षा सामाग्रीका अभावमा चिकित्सकले नजिक गएर उपचार गर्न नसक्ने परिपाटीले कोरोना बिना नै मान्छे मर्न सक्ने खतरा बढेको देखिन्छ ।
सोमबार मात्र प्रदेश नम्बर ५ मा ६१ वटा नमुना परिक्षणका लागि केन्द्रिय प्रयोगशालामा पठाईएकोमा ५८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । नेगेटिभ रिपोर्ट आएकाहरुलाई पुनः स्थानीय अस्पताल फर्काएर उपचार गरिने डा. गौतम बताउनुहुन्छ । जिल्लामा कोरोना अस्पताल नाम दिएर अस्पतालहरु खुलेको प्रचार गरिए पनि त्यस्ता अस्पतालमा कोरोनाको उपचार नहुने गौतमको भनाई छ । पोजेटिभ रिपोर्ट आएमा रिफर गर्नुको विकल्प नभएको भन्दै डा. गौतमले आईसीयू भनिए पनि मापदण्ड बिनाको आईसीयुमा उपचार हुन नसक्ने बताउनुहुन्छ । सरकारले रुपन्देहीको भीम अस्पताललाई कोरोना उपचार गर्ने अस्पताल बनाउने घोषणा गरेको छ । मेडिकलका फिजिसियन वा विज्ञहरुको सल्लाह बिना नै आईसियु वा आईसोलेसन वार्ड बनाउँदा चिकित्सकहरुलाई समस्या देखिएको उहाँको भनाई छ ।
आईशोलेसन बेड वा कोरोना अस्पताल भनेपछि कम्तीमा पर्याप्त अक्सिजन नाप्ने अक्सिमिटर, स्वास्थ्यकर्मी लाई आवश्यक PPE ,
अन्तिम अवस्थामा CPR गर्ने डिफिबुलेटर, नेबुलाइजर जस्ता उपकरणको आवश्यकता पर्दछ तर हाल स्थानीय निकायले धमाधम खोलेका कोरोना अस्पतालहरुमा त्यस्ता न्युनतम उपकरणहरुको समेत पर्याप्त ब्यवस्था छैन । एकै पटक एकै ठाउमा लहरै शंका गरिएका बिरामी राख्दा मानौ २० जना बिरामीमा एउटा मात्रै सन्क्रमित रहेछ र अरु अन्य रोगी रहेछन भने उनिहरु समेत सत प्रतिशत कोरोना बाट पिडित हुने सम्भावना देख्न सकिन्छ ।
उता लुम्बिनी प्रादेशीक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल भने अकस्मात उत्पन्न भएको विश्वव्यापी माहामारीका कारण सबै मापदण्ड पुरा हुन नसक्नुलाई स्वाभाविक मान्नुहुन्छ । विश्व समुदायलाई चुनौती दिएको कोरोना भाइरसलाई रोकथाम गर्न अहिले उपलब्ध साधन र स्रोतहरुको अधिकतम उपयोगको विकल्प नरहेको बताउँदै डाक्टर खनालले सरकारले उपलब्ध गराएको साधन स्रोत र आफुहरुसँग भएको दक्षता प्रदर्शन गर्न आवश्यक रहेको बताउनुहुन्छ । उहाँले ट्राभल स्टोरी र लक्षणहरुको अवस्था हेरेरमात्र बिरामीलाई बिशेष अस्पताल पठाईने गरेको बताउँदै चिकित्सकहरुले सबै बिरामीको ईमान्दारीकासाथ उपचार गरिरहेनुभएको बताउनुहुन्छ । मृतक बाबुरामलाई निमोनियाको औषधी चलाईरहेको र उनको रगत एक्सरे लगायतका अन्य परीक्षण गरिएकाले उपचार नपाएको भन्न नमिल्ने डाक्टर खनालको भनाई छ ।
सरकारले चिकित्सकहरुलाई आवश्यक पर्ने पर्सनल प्रोटेक्टीभ ईकुप्मेण्टको आवश्यक व्यवस्था गरिरहेको र अझै द्रुत गतिमा त्यसको उपलब्धता भईरहेको बताउँदै खनालले विदेशबाट आएका बाहेक आन्तरिक नागरिकलाई अहिलेसम्म कोरोना भाइरसको लक्षण नदेखिनु सकारात्मक पक्ष भएको बताउनुहुन्छ । नेपालमा अहिलेसम्म विदेशबाट आएका ५ जनालाई मात्र कोरोना भाईरस कोभिड १९ पोजेटिभ देखिएको छ ।
महामारी सुचना दिएर आउँदैन । कुनैपनि बेला महामारी आउन सक्छ र उसले सर्वनाश गर्न सक्छ । यतिबेला फैलिएको कोभिड–१९ ले विश्वका शक्तिशाली राष्ट्रहरुलाई नै चुनौती दिईरहेका बेला नेपाल सरकारले जुन तयारी गरेको छ त्यसलाई कमजोर ठान्नु हुँदैन । यतिबेला राज्यको कदममा हरेक नागरिकले रचनात्मक आलोचना गर्दै सहयोगीको भुमिका खेल्नु पर्दछ । ध्वंसात्मक आलोचनाले जीवन मरणको लडाईं लडिरहेका हजारौं चिकित्सक तथा स्थास्थ्य क्षेत्रमा काम गरिरहेकाहरुको मनोबल खस्काउने काम मात्र गर्दछ । माहामारीका बेला हतारमा गरिएका निर्णयहरु नियमित रुपमा सफा भएपनि दृष्टि नपुगेका कारण केहि कमीकमजोरी पनि हुन सक्दछ । त्यसैले राज्यले पनि नागरिकको तर्फबाट आएका स्वस्थ आलोचनालाई स्वीकार गर्दै कमीहरुलाई सच्याउन तयार हुनपर्दछ ।

Photo By Dinesh Kumar Shrestha

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

काठमाडौं, २५ साउन । भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेको छ । खोलाले कटान गरी आसपासका बस्तीमा पसेको हो । मंगलबार रात बाढी पसेपछि

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

काठमाडौं, २५ साउन ।   चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक

प्रहरी कार्यालयसहित काठमाडौंको काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार

काठमाडौं, २५ साउन ।  अविरल वर्षाले काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू डुवानमा परेको छ।गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो। साथै

सम्बन्धित

भक्तपुरको मनोहरा खोला बस्तीमा पसेपछि…

परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

प्रहरी कार्यालयसहित काठमाडौंको काँडाघारीका बस्ती डुवानमा, १५ जनाको उद्धार

एमालेले भदौदेखि कार्यकर्ताका लागि ‘स्कुल’ चलाउने

काज सरुवा निकालेको एक साता नबित्दै एकैपटक नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा

नर्भिकलाई दिएको २४ घण्टे अल्टिमेटमबाट पछि हट्यो महानगर, अध्ययन गर्न समिति बनाउने सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...