हजुरआमाको भविष्यवाणी र क्रोनाको कहरले विक्षिप्त मन

इटलीको राष्ट्रपतिले धरधरी आंशु झारेर गरेको पत्रकार सम्मेलन



सिमसिम पानी परिरहेको थियो । बिहानीपखको हावाले सर्सर पातहरु बजेको आवाज कोठाभित्र नै आइरहेको थियो । लाग्यो आज घाम लाग्ने छांट नै छैन । शहरको दुःख घर बनाउने बाहेक जमिन बांकी नै छैन। छतको सानो बारी भित्रको झार बढेर माथि माथि आइरहेको थियो। त्यसको गोडमेल गर्ने भनेको पानी आयो भने त कसरी होला र ? मन भारी भयो । तैपनि केही न केही त गर्नुनै पर्यो । महामारीले बिश्व नै लकडाउन भएको समयमा यहीनै गर्ने भनेर सोच्न पनि निकै गाह्रो भएको थियो । अफिस चलाउनु नै पर्यो । छोराको जांच सुरु भएबाट नै म लकडाउनमा थिएं । त्यतिबेला विश्व यति धेरै त्रसित अलि बनिसकेको थिएन ।
दुनिया ध्वस्त गर्न आणविक हतियार निर्माण गर्न सक्नेले औषधि बनाइहाल्छन् नि भनेर त्यति धेरै समस्याको रुपमा पनि लिइएको थिइएन । अफिसमा त्यतिधेरै स्टाफहरु छन् ।भोली के हुन्छ, सामान अलि धेरै किनेर राख कसैको घरमा केही सकियो भने समस्या समाधान त गर्नुपर्यो ीि भन्ने बुढाको कुरालाई मैले त्यति धेरै गम्भीर रुपमा पनि लिइन । किनकी यति धेरै समस्यामा दुनिया पर्छ भन्ने लागेकै थिएन ।

विश्व हल्लाउने समस्या हाम्रै पालामा आउंछ र यो समस्यासंग हामी जुध्नु पर्छ भन्ने दिमागमै भएन । खै किन हो विषयलाई हल्का रुपमा लिएकी थिएं । तर आज परिवेश हामीले सोचे जस्तो छैन । दुनिया लकडाउनमा छ । सामान्य गुजारा चलाउन नाम्लोको भरमा छाक टार्नेहरुको समस्याले मन चसक्क बिझायो । अफिस घर, अफिसका सबै सदस्यहरु । जीवन झन भन्दा झन जटिल बन्दै गयो भने कसरी ब्यवस्थापन गर्ने भन्ने कुराले मन अमिलो बन्दै जांदा हजुरआमाले भन्ने गरेका धेरै कुराहरु सरर मनभित्र खेल्न थाले । जब कलियुगको अन्त हुने समय आउंछ त्यतिखेर के के हुन्छ केके माइली । खै के बुझेर भनेकी थिइन् उनले ? तर हरेक कुरा ठोकेरै भन्ने गर्थिन ।
बाथ रोगले थलिएर पींढीमा बास भए पनि उनिभित्रको तुजुक झनै बढेर आएको थियो । हामी ससाना छंदैबाट उनलाई बाथरोगले ग्रस्त बनाएो देखेका थियौं । र पनि बोलीचाली निकै दमदार थियो । रामायण, महाभारत र गिता खरर्र भन्ने मात्र हैन त्यसभित्रको सप्रसंग ब्याख्या पनि गर्ने गर्थिन उनले । जेटिएको जागिर खाएका हजुरबुवाले दैलामुनी टनन्न सुन्तला खेती गरेका थिए । मासु नभै भात नरुच्ने हजुरबा पनि हजुरआमा भन्दा कम थिएनन् । उनी कम नभएका त्यस्ता धेरै किस्सा हरु त हामीले हजुरआमाबाट नै सुन्ने गथ्र्यौं । आज उनले भनेका धेरै कुराहरु मिलेको देख्दा उनमा पक्कै पनि केही न केही त शक्ति थियो । उनले भनेका धेरै कुराहरु मिलेका छन् । भन्ने गर्थिन किलोले जोखेर खानु पर्नेछ । छोरी चेली भन्ने छैनन् मान्छेहरुले जे गर्न पनि तयार हुनेछन् । पिपलको पातको टुप्पा हराउंदै जानेछ । यस्ता अनेक किस्साहरु सुनाउंदा हामीलाई लाग्थ्यो यस्ता नहुने कुरा गछ्यौै बुढी । बरु अरु सुनाउ न । उनले कबितामा नै कुरा गर्थिन । हामी अचम्ममा पथ्र्यौं । तर आज उनले भनेका अनेक कुराहरु सम्झिंदै जांदा विश्व हल्लाएको यो अनौठो रोग कोभिड–१९ ले मानिसहरुलाई हायलकायल पारिरहेको कुरा के उनले भनेजस्तै कलियुगको अन्त नै हो त ? लकडाउनमा रहेको समय बाहिर सुनसान सडक हेर्दै जांदा एकैछिन आफुलाई भाग्यमानी ठान्दै मैले अनेक कुराहरु सम्झिन थालें ।

धेरै मानिसहरु भाडामा यौटा कोठा लिएर बसेको समय कम्तिमा मेरो त छत छ, जहां गएर म राती तारा गन्न सक्छु । दिउंसो घाम नलागेको दिन बादलका अनेक रुप हेर्न सक्छु । समयले आज हरेकलाई आफ्नै औकातमा झारेको समय नाम्लोको जीवन धान्ने , हरेक दिन काम गरेर हातमुख जोड्नु पर्नेको समस्यालाई कसरी समाधान गर्न सकिएला खै ? यस्तै अवस्था रह्यो भने कसरी जीवन ब्यवस्थापन गर्न सकिएला ? आफ्नो भन्दा पनि आफ्नो भरमा श्रम गरिरहेका आफुजस्तै श्रमजीवीहरुको पीडाले झनै थिलोथिलो बनायो मलाई । मन भारी भयो । हुन त यो एक जनाको समस्या हैन । यो यौटा देशको समस्या पनि हैन । केही न केही उपाय निकाल्लान् देश बनाउनेहरुले । तर आखिर सबै मानिसन हौं न यहां ठुलो सानोको बर्गविभेद छ । न हतियारको काम, न पैसाको दम्भले केही हुनेछ । सबैलाई बराबर पद र प्रतिष्ठाको साथ यौटै लक्षण, यौटै बिमार दिएर लैजान तयार रहेको कोरोनासंग जुध्न सास रहुन्जेल कोही भोको रहन नपरोस् । कोही खुला आकाश मुनि रहन नपरोस्, कोही नागंै रहन नपरोस् ।
सायद मनभित्र नारा जस्तै बन्न थाले यावत समस्याहरु जस्को समाधान गर्न मेरो अवस्था पनि मेरै बोइको जस्तो थियो । उनि पनि पींढीमा बसेर घर भित्र के भैरहेछ देख्न पनि सक्दिनथिन । मैले पनि केनै गर्न सक्छुर ? दुनियालाई शक्तिको भरमा दास बनाउन खोज्ने अमेरिका त कोरोनाले हायल कायल बनेको समय समस्याहरु समाधान गर्न र आफ्नो धरातल बुझ्न मानिसहरुलाई जति पनि त समय छ अहिले । दिनानुदिन कोटका कल्लर मिलाउंदै हतारमा देखिने युरोपियन मात्र हैन बुलेट ट्र्ेनमा दौडिन आंखै नहेरी भागदौड गर्ने जापानीजहरु पनि आज हामी जस्तै घरभित्र छन् । उनीहरु के सोचेर बसेका होलान् । फेरि दिमाग विश्वतिर नै दौडियो ।
विश्व शक्ति दावी गर्ने अमेरिका पछिल्लो समयमा सवैभन्दा बढी अत्तालिएको देखिन्छ । संसारका ५१ वटाभन्दा बढी देशमा सैन्य अखडा राख्ने अमेरिका आफैमा जिल्लाराम परेको छ । विश्वकै राजधानी मानिने न्युयोर्क कोरोनाको एपिसेन्टर बनेको भन्न ट्रम्प समेत बाध्य भएका छन् । युरोपका फ्रान्स, इटाली, जर्मनी र बेलायतको हालतले विश्व युद्धकै अर्को रुप लिएको प्रष्टै देखिन्छ । तर चीनको वुहानबाट शुरु भएको भनिएको क्रोना पछिल्ला दिना सामान्य अवस्थामा जांदो छ तर बांकी विश्व चरम आतंकको चपेटमा धकेलिएको छ ।
छिमेकी भारतले थप ३ हप्ते लकडाउन गरेर १ अर्व करोड ३० करोड जनसंख्यालाई घरभित्र थुन्न बाध्य भएको छ । त्यही मेसोमा हाम्रो हालत पनि उस्तै हुने निश्चित छ । तथापि आजसम्म जम्मा ३ जना भन्दा बढीमा कोरोना पोजिटिभ नदेखिनु एक सुखद संयोग नै मान्नु पर्ने भएको छ ।
शक्ति राष्ट्रहरुले हतियार र एम्युनेशनको बलमा विश्व युद्धको ध्वांस दिंदै आएको सन्दर्भमा एउटा सवैभनदा कमजोर भाइरसले नै विश्व विरुद्ध नै युद्ध छेडिदिएको छ । मानव जातिले आजसम्म विकास गरेको कुनै पनि प्रविधि र अनुसन्धान त्यो क्रोरोना भाइरसलाई जित्न नसक्ने अवस्थामा देखिएको छ । यसले कतै पृथ्वीको सन्तुलनका लागि विष्मयकारी बाटो रोजेको त होइन् भन्ने हजुरआमाकै भविष्यवाणीमा पुर्याउने गर्दछ मलाई ।
टेलिभिजनको स्क्रिनमा ज्यानको बाजी लगाएर सुचना सम्प्रेषण गरिरहेका पत्रकारहरुले फेरि प्रतिशतको दरमा मृत्युका खबर र संक्रमणका समाचारहरु दिंदै आएका छन् । टाउको भारी भयो । मन दुख्यो । कुनै ठेगान नभएको महामारी भित्र न सत्ता र शक्तिले रोक्ने, न हतियारले, न पैसाले न त पावरले नै ।
इटलीको राष्ट्रपतिले धरधरी आंशु झारेर गरेको पत्रकार सम्मेलन देख्दा सिमाबिहिन विश्व आज सिमामा बांधिएर शक्तिको खेल देखाउने मानिसहरुलाई अविकसित भनेर देश देशलाई हेप्ने प्रवृत्तिको समेत कोरोनाले खिल्ली नै उडाए जस्तो लाग्यो ।
आखिर मानिसन हो । खाना, पानी र हावाको भरमा बांच्नु पर्ने । अरु शक्ति त के रैछ र ? यौटा प्राकृतिक चुनौतीको सामना गर्न हामीले बिताएका यी पल र शक्ति राष्ट्रहरुले बिताएका पलहरुमा आखिर फरक के नै होला र ? बरु हामीमा नै बढी धैर्यता छ की ? समयको पर्खाइमा न त छ दुनियां ? जुन पर्खाइमा अमेरिका, चीन ,रुस, जर्मनी बेलायत र इटली जस्ता शक्ति राष्ट्रहरु पनि छन् । युरोपका अधिकांश देशमा चीन पुगेर उपचारमा संलग्न भएको छ । त्यसो त नेपालले पनि चीनबाट सहयोग र साधन ल्याउने उपाय खोज्दै छ । र हामी पनि त्यही पर्खाइमा नै छौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि आम नेपालीलाई धैर्य गरेर घरमै बस्न आज मात्र अपिल गर्नु भएको । आखिर ंपर्खाइको धैर्यताले हामीलाई कुन बिन्दुमा लगेर उभ्याउछ? त्यो पनि मिलेरै हेरौं । आशा गरौं बांकी विश्वले बुहार्तन व्योहोरेको अवस्था नेपालीले व्योहर्न पर्ने छैन । यो मेरो विश्वास हो । संसारको विश्वासलाई ध्वस्त बनाएको कारोनालले मेरो विश्वासलाई के गर्छ हेर्न बा“की नै छ । तर पनि सरकारको आदेश र अनुरोधलाई स्वीकार गरेर स्वघोषित रुपमा दुःख नमानीकन सेल्फ क्वारेन्टाइनमा बसेर कुनै उपलव्धीमूलक काम गर्ने कोशिश गरौं ।
सन् १९२० तिरबाट फैलिएको स्पेनी फ्ल्युदेखि सार्स, मार्स, जिका, इबोला र एचआइभीलाई परास्त गरेको मानवजातिले अवश्वय पनि कोरोनालाई कसो पो परास्त नगर्ला र ?

    Comment Here!


सम्बन्धित समाचार

View All