म घरमै छु, तपाईँहरु पनि घरमै बस्नुहोस् – प्रधानमन्त्री ओली




काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ब्यक्तगत ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गर्नुभएको छ । ट्वीटमा भन्नुभएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईँहरु पनि घरमै बस्नुहोस् ।

सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि गएको मङ्गलबार बिहान ६ बजेदेखि लकडाउन आदेश गरेको हो ।

    Comment Here!


सम्बन्धित समाचार

View All