सिन्धुपाल्चोक , १० मंसिर । सिन्धुपाल्चोकको देउराली प्राबि मतदान केन्द्रमा झडप भएको छ । झडपपछि प्रहरीले एक रायण्ड हवाई फायर गरेको छ ।
संयुक्त वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ ।घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
यसैबीच बिहान सुरु भएका कतिपय मतदान केन्द्रमा ५० प्रतिशत मतदान भएको र उत्साहपूर्वक मतदान भइरहेको बताइएको छ । जिल्लाको शान्तिसुरक्षा मजबुत भएको र उल्लेख्य रुपमा मतदाताको सहभागिता रहेको प्रजिअ अश्मान तामाङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्