ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड १९ को संक्रमण फैलिन नदिन अहिलेसम्मकै सबैभन्दा कडा निर्णय :यस्तो छ तयारी ( भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, ६ चैत । सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन अहिलेसम्मकै सबैभन्दा कडा निर्णय गरेको छ । सरकारको निर्णय अनुसार अब कुनै पनि धार्मिक, सांस्कृतिक, पारिकवारिक जमघटमा २५ जना भन्दा बढी भेला हुन पाइनेछैन । स्कुल, कलेज चैत्र मसान्त सम्म बन्द गरिएको छ । कालोबजारी गर्नेहरुलाई कडा कारवाही हुनेछ भने कोरोना प्रभावित ५५ मलुकबाट नेपाल प्रवेशमा पूरै रोक लगाइएको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) देशभर उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले अहिलेसम्मकै कडा निर्णय गरेको हो । सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा अब २५ जना भन्दा बढी कोही पनि भेला हुन पाउने छैनन् । यस्तै, मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लागतयका क्षेत्रहरु बन्द हुनेछन् । सिनेमा हल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई बैशाख आगामी १८ गतेसम्म बन्द गर्ने निर्णय गरिएको छ । सबै शिक्षण संस्थाहरु चैत्र मसान्तसम्म बन्द गरिनेछन् । यसको कार्यान्वयन प्रदेश सरकार तथा स्थानीय तह समेतले गर्ने छन् । सबै निर्णयहरु पालना भए नभएको कडाइपूर्वक अनुगमन गर्न गृहमन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयल र संचार तथा सूचनाप्रविधि मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

सरकारले अत्यावश्यक काम बाहेक आवतजावत, हिडडुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । उच्चस्तरीय समन्वय समिति बैठकले रोगबाट संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता बिरामीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुबाट उपचार गराउने व्यवस्था मिलाउने निर्णय गरेको छ । सार्वजनिक सवारी साधनहरुमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न, नगराउन यातायात व्यवसायीलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले सर्वसाधारण नागरिकहरुलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध समेत गरेको छ । यस कार्यको अनुगमन नेपाल प्रहरीले गर्ने छ । सार्वजनिक यातायातका सवारी धनीलाई यातायात चलाउनु अघि प्रत्येक दिन समय समयमा सवारीसाधनलाई ’डिस्इन्फेक्सन’ गर्न लगाउने निर्णय गरेको छ । यस कार्यको अनुगमन यातायात व्यवस्था विभाग र नेपाल प्रहरीले गर्ने छ ।

सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुनेगरी कुनै पनि संचार माध्यम सामाजिक सन्जालबाट समेत गलत अभिव्यक्ति दिएमा विद्यमान काननु बमोजिम कडा कारवाही गरिने भएको छ । यस्तै, बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, जम्माखोरी, कालोबजारी, मिसावट गर्ने, गराउनेलाई तत्काल प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । दैनिक उपभोग्य अत्यावश्यक सामग्रीहरुको पर्याप्त मौज्दात भएकोले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरु खरिद गरी अनावश्यक संचय नगर्न समितिले अनुरोध गरेको छ । यस कार्यको अनुगमन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गर्नेछ । कोरोना विरुद्ध नेपाल सरकारले राज्यका सवै सयन्त्र चुस्तदुरुस्त राखेको छ । भोली निम्तन सक्ने दुर्घटनालाई मध्य नजर गरे प्रदेशमा समेत आइसुलेसन वेड सहित र क्वारेनटाईनका लागि आवश्यक पूर्वाधारको समेत जोहो गरेको जनाएको छ ।

बैठकले युरोपसहित पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापान लगायत कोरोना प्रभावित ५५ मुलुकबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य रातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । त्यसका लागि विदेशस्थित कुटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरुमार्फत सूचना जारी गरिने भएको छ । यसरी पूर्ववत रुपमा यात्राका लागि टिकट खरिद गरेकाहरुलाई टिकट वापतको रकम पूरै फिर्ता गर्न विमान कम्पनीहरुलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com