ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको आशंका बढेसँगै सर्जिकल मास्क अभाव


admin

काठमाडौं, २३ फागुन । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्क अभाव देखिएको छ ।नेपालमा पनि कोभिड – १९ को संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महँगो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करीब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिनुभयो । “डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो” , उहाँले भन्नुभयो, “एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।”

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घ, रेडिमेड तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाका मास्क पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिनुभयो । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यसैबीच काठमाडौँबाट सुर्खेत आएका एक युवकलाई ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवकमा १००।५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै उनी नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले उनलाई पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ती युवकलाई तत्काल आइसोलेशनमा राख्नुपर्ने अवस्था रहेको छैन । ” प्रदेश सरकारले विश्वमा महामारीका रुपमा फैलिएको सो भाइरसबाट सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com