ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको आशंका बढेसँगै सर्जिकल मास्क अभाव


admin
फाल्गुन २३, २०७६ शुक्रबार  १ : १८ बजे

काठमाडौं, २३ फागुन । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल मास्क अभाव देखिएको छ ।नेपालमा पनि कोभिड – १९ को संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महँगो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो । नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करीब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल मास्क मौज्दात नरहेको जानकारी दिनुभयो । “डिलरमै मास्क छैन, हामीसँग भएको पनि सकियो” , उहाँले भन्नुभयो, “एक महिनादेखि मास्क ल्याउने प्रयास गरेका छौँ, कतै पाइएको छैन ।”

वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । सुर्खेत उद्योग वाणिज्य सङ्घ, रेडिमेड तथा वस्तुगत समितिका अध्यक्ष खड्कप्रसाद ढकालले कपडाका मास्क पनि विस्तारै अभाव देखिन थालेको जानकारी दिनुभयो । कपडाको मास्क किन्ने ग्राहकको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

यसैबीच काठमाडौँबाट सुर्खेत आएका एक युवकलाई ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवकमा १००।५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । जापानबाट कोरिया हुँदै उनी नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले उनलाई पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ती युवकलाई तत्काल आइसोलेशनमा राख्नुपर्ने अवस्था रहेको छैन । ” प्रदेश सरकारले विश्वमा महामारीका रुपमा फैलिएको सो भाइरसबाट सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डोल्पामा दाजुभाइबीचको रोचक भिडन्त: भाइको वर्चस्व तोड्न दाइ मैदानमा

बंगलादेशको मतपरिणाम: ‘क्रान्तिकारी’ युवाहरूको शर्मनाक हार !

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com