काठमाडौँ, १० मंसिर। देश र प्रतिनिधिसभाको पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान जारी छ । संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको चुनावमा राजनीतिक दलका शीर्ष नेताहरुले शुरुमै भोट हालेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउपालिका ८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नया“ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्नुभएको छ । गोरखा २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईको मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा छ ।
यसैगरी माओवादी कै अग्नि सापकोटाले सिन्धुपाल्चोकको सागाचोकगढी ४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रमा भोट हालेका छन् । एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् । ताप्लेजुङको प्रदेशसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका ३ नारायणी उमावि केन्द्रमा छ ।
निवर्तमान सभामुख ओनसरी घर्ती र माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गर्नुभएको छ । रोल्पाको लिवाङ नगरपालिका ७ को बाल उदय मावि मतदान केन्द्र माडिचौरमा मतदान गर्नुभयो ।
पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ का मतदाता गर्नुभयो ।
पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले बाग्लुङको पृथ्वी मावि अमलाचौरबाट मतदान गर्नुभयो ।
लम्जुङ क्षेत्र नम्बर ख का प्रदेशसभाको उम्मेदवार पूर्व पर्यटन मन्त्री पृथ्वी सुब्बा गुरुङले बद्दोदय माविबाट मतदान केन्द्र गिलुङमा मतदान गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्