जुम्ला, १० मंसिर । पहिलो चरणको निर्वाचन अन्तरगत मतदान सुरु हुने समय ७ बजे भनिएपनि जुम्लामा मतदान सुरु हुन सकेको छैन ।
मौसम चिसो भएका कारण मतदाता र कर्मचारी मतदान केन्द्रमा ढिला पुगेका कारण मतदान पनि सुरु हुन नसकेको हो ।
जुम्लाका केही मतदान केन्द्र नजिकै शनिबार राति बम विस्फोट भएको पनि बताइएको थियो ।
यसैगरी कर्णालीका हुम्ला, मुगु, डोल्पा, जाजरकोट , कालिकोटका केही स्थानमा मौसम चिसोका कारण मतदान सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्