काठमाडौं, १० मंसिर / आज प्रदेश सभा र प्रतिनिधी सभाको पहिलो चरणको निर्वाचन ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा मदानत सुरु भएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका मतदान हुदै छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा आइतबार निर्वाचन हुने जिल्लाहरुमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले मतदान गर्ने छन् भने प्रतिनिधिसभाका लागि २ सय ८२ जना र प्रदेशसभाका लागि ४ सय २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ । मतदान बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म जारी रहनेछ । ५ बजेभित्र मतदानस्थलमा छिरिसकेका मतदाताले मत खसाल्न पाउनेछन् ।
अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन मतदान अधिकृतलाई निर्देशन दिइएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय चुनावमा जस्तै कुनै कारणबस मतदाता परिचयपत्र नभएमा नागरिकता, ०७० सालमा जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्र समेतका आधारमा मतदान गर्न पाइनेछ । पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्