ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले प्रेस स्वतन्त्रताको सम्पूर्ण सम्मान गर्छ : सञ्चारमन्त्री डा. खतिवडा


ABC NEWS
फाल्गुन १२, २०७६ सोमबार  ११ : ४१ बजे

“सञ्चार मन्त्रालय आफैंमा ठूलो मन्त्रालय हो । यो मैले बजेट बनाउँदाकै अवस्थामा थाहा पाएको कुरा हो । अर्थमन्त्रालयका टेवुलमा अटिनअटि साथीहरु आउँने गरेका थिए । अहिले आएर मैले केही जानकारी पाएँ । यो गहन जिम्मेवारी मलाई दिनुभएकोमा समाननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूलाई आभार प्रकट गर्न चाहान्छु ।
प्रेसप्रति सरकारका धारणा के छन् त भनेर मैले यहाँ राख्नु पर्ने हुन्छ । संविधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र लोकतन्त्रको आधार स्तम्भका रुपमा सञ्चारमाध्यमलाई लिने गरिएको छ । सञ्चारमाध्यमले लोकतन्त्रको रक्षा मात्र नभएर सम्वर्धन पनि गर्नुपर्ने हुन्छ । यस्तो सञ्चारमाध्यमा स्वतन्त्र र निर्भिक हुनुपर्दछ भन्ने सरकारको पनि धारणा हो ।
सञ्चारमाध्यम सत्यमा तटस्थ रहनु आवश्यक छ । त्यस्तै आम नागरिक प्रति आमसञ्चारमाध्यमको बढी जिम्मेवारी हुन्छ । जे कुरा हुनन् त्यही कुरा जनताको सामु पु¥याउँनु, भएको कुरा पु¥याउँने र नभएको कुरा नपु¥याउनु सञ्चारमाध्यमको धर्म हो । यस तर्फ सञ्चारमाध्यम कर्तव्यनिष्ठ हुनु आवश्यक त । त्यस्तो सूचना प्रविधिको पहुँच जनतामामु पु¥याउँने नियामक निकाय, प्रशासनिक निकाय प्रवद्र्धक निकायसमेतको जिम्मेवारी पाएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जुन जिम्मेवारी छ, यो आफैमा गहन जिम्मेवारी हो ।
सञ्चारमन्त्रीले सरकारको प्रवक्ताको रुपमा हरेक हप्ता यही हलबाट मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने गरिएको थियो । त्यसको निर्णय मन्त्रिपरिषद्ले गर्ला नै ।
दुई वर्षमा सरकारले के गर्यो त भन्ने विषयमा म आज यहाँ कुरा गर्छु । दुई वर्ष लामो लाग्न सक्छ । राज्यको पुनःसंरचना, शासकीय प्रणालीको पुनःसंरचना, समाजको पुन संरचना भन्ने कुराहरुको लागि २ वर्ष छोटो अवधि हो । त्यो हामीले बुझ्नु पर्छ । हामी पुरानै रुपमा सरकार सञ्चालन गरिरहेका छैनौं । यो कुरा सबैले बुझ्नु पर्छ । राज्यको पुनःसंरचना भयो, सरकार बन्यो, त्यसपछि कार्यालय स्थापना भए । त्यो त एउटा पाटो भयो । शासकीय स्वरुपमा कर्मचारीहरु समायोजन भए । बजेट प्रणाली व्यवस्थित भयो । त्यसैगरी स्थानीय र प्रदेश स्तरका केही कानुनहरु पनि बने र संविधानसँग बाझिने सबै कानुनहरु परिमार्जित, संशोधित भएर अघि बढ्यौँ ।
म अर्थमन्त्री पनि भएको हुनाले वित्तीय संघियता कार्यन्वयनको कुरा गर्ने हो भने दुई वर्षको अवधि यी सबै कुरा गर्न त्यत्ति लामो समय हैन् । सम्पूर्ण राज्य प्रणाली खास गरी शासकीय प्रणालीको परिर्वतन, सम्पूर्ण संस्थाको पुनःसंरचना कानुनको पुनः संरचना र व्यवस्थापन लेखा प्रक्रियादेखि बजेट तर्जुमासम्म त्यति सजिलो कुरा थिएन । हामीले सरकारको पहिलो वर्ष भनेर धेरै कानुनहरु निर्माण गरेर धेरै ठूला आयोजनाहरु अघि बढाउँने सन्दर्भमा भनेकै कुरा थियो ।
दोस्रो वर्षमा आईपुग्दा हामी त्यहाँबाट एक खुड्किलो अगाडि बढेका छौं । अहिले हामी आधारभूत कानुनी संरचना तयार गरेर संघ, प्रदेश र स्थानीय तहमा बाझिने जिम्मेवारीहरु, बाझिने करका अधिकारहरु र दुविधा उत्पन्न हुने अधिकारका क्षेत्रहरुमा स्पष्ट हुँदै अघि बढ्ने चरणमा आई पुगेका छौं । अब संघियता कार्यान्वयनमा दुविधा नहुँने गरी हामी अगाडि बढिरहेका छौं । यो हाम्रो शासकीय प्रणलीको एउटा पाटो हो । जुन हामी संघीय शासकीय प्रणालीमा जाने स्थिति बनेको छ ।
हामीलाई लाग्थ्यो संघीयतामा गएपछि मुलुकमा व्यवसायिक वातावरण विग्रिन्छ कि भन्ने । त्यसैगरी आर्थिक र सामाजिक द्वन्द्व पो सुरु हुन्छ कि भन्ने पनि लागेको थियो । ती शंकाहरुलाई हामीले छोटो समयमा निवारण गर्न सफल भयौं । नेपाल संघीयता कार्यान्वयन गर्न र त्यसभित्रको वित्तीय संघीयताको कार्यान्वयन गर्नमा एउटा सवल मुलुक छिटै भयो भन्नेमा विश्वव्यापी रुपमा हामीलाई देखाउँनु भएको उहाँहरुको अभिव्यक्तिबाट थाहा भएको विषय छ ।
अबको विषय भनेको हामीले पाएको यो अवसरलाई चरम गरिवि अन्त्य गर्ने, विकासको प्रक्रियालाई समावेशी र समन्यायिक बनाउँदै समृद्ध मुलुक बनाउँनेतर्फ अघि बढ्ने कुरा हो ।
विकासलाई समावेशि बनाउँनु पर्छ । विकासको प्रतिफल सबै नागरिकले पाउँने र नागरिकहरुको सवलिकरण समृद्धिको एउटा पाटो हो । जब नागरिक सुसूचित हुन्छ अनि मात्र विकासको अनुभूति हुन्छ । उनीहरु सुसूचित हुन पाउँने अधिकारलाई हामीले सुरक्षित राख्नु पर्छ । त्यलाई प्रर्वद्धन गर्दै अगाडि बढाउँन हाम्रो भूमिका महत्वपूर्ण हुन्छ । समृद्धिमा नागरिकहरु उत्पादक हुनु पर्छ । उत्पादक नागरिक बनाउँने र सवलिकृत नागरिक बनाउँने हो भने प्रविधिमा पहुँच महत्वपूर्ण हुन्छ । त्यसको लागि हामीले धेरै काम गर्न बाँकी छ ।
यही सूचना प्रविधिको माध्यमबाट हामीले शासकीय प्रवन्धनहरुलाई पारदर्शी व्यवस्थित तुल्याउँदै लैजानुपर्छ र नागरिक सवलिकरण पनि गर्नु छ । त्यो गर्नका लागि सबै किसिमका सञ्चारमाध्यहरुलाई व्यवस्थित गर्दै अगाडि बढाउँनु पर्ने छ । त्यो सन्दर्भमा सार्वजनिक सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण हुन्छ ।
एक समयमा निजी क्षेत्र नभएको अवस्थाम जनतालाई सार्वजनिक सञ्चारमाध्यमले सुसूचित गराएको थियो । आजको दिनमा सञ्चार क्षेत्रमा निजी क्षेत्र पनि आएको छ । अब हामी प्रतिस्प्रर्धी पनि हुनु परेको छ । सञ्चार मन्त्रालय माताहातका आमसञ्चारका क्षेत्रहरुमा थप जिम्मेवारी छ । एउटा सरकारको संस्था भएको हुनाले यसका केही मान्यताहरु छन् । यसका केही विधि विधानहरु छन् । यसको स्रोतमा भरपर्नुपर्ने भएको हुनाले स्वयत्तता कायम गरिराख्नलाई थप प्रयास गर्नु पर्ने चुनौति यता तिर छ भने निजी क्षेत्रसँग प्रतिस्प्रर्धा गरेर सरकारमाथिको निरभर्ता क्रमशः घटाउँदै लैजानु पर्ने चुनौति मैले देखेको छु ।
आम रुपमा सरकार के चाहान्छ, भने सरकारले गरेका राम्रा काम आम जनता सामु पु¥याई दिनुहोस् । नराम्रो गरेको छ, भने नराम्रो नै पु¥याइदिनुहोस् । तर, राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रो भनेर नपु¥याई दिनुहोस् । हामी पनि भरसक नराम्रो काम नगर्ने हो । राम्रौ गर्ने हो । राम्रोलाई राम्रो नै भनिदिनुभयो भने हामीलाई थप राम्रो काम गर्न उत्साह हुने छ । तपाईहरु स्वतन्त्र, निश्पक्ष र व्यवसायिक जिम्मेवारीमा रहेर काम गर्नु हुन्छ । कुनै पनि हाम्रा सञ्चारमाध्यमहरु जो सञ्चार मन्त्रालय माताहातमा हुनुहुन्छ, उहाँहरुलाई मेरो अनुरोध के छ भने तपाईहरु सञ्चारमन्त्रीको मात्रै सञ्चारमाध्यम हैन । मुलुकभरीको सबै जनताको साझा सञ्चारमाध्यम हो । तपाईहरुले सरकारको मात्रै गुनगान गाईराख्नु पर्छ भन्ने हामी मान्यता राख्दैनौं । तर, कुन सूचना जनता सामु जाँदा जनता सुसूचित हुन्छन् र राज्य सञ्चालनमा राम्रो भूमिका निर्वाह गर्न सक्छन् । त्यसतर्फ तपाईहरुले ख्याल गरिदिनु पर्छ । त्यत्ति भयो भने सरकार सरकारी सञ्चारमाध्यम प्रति सन्तुष्ट हुन्छ । समाजलाई सभ्य बनाउँने काममा राज्य र सञ्चारमाध्यमको उत्तिकै भूमिका हुन्छ । यसको लागि सरकार र सञ्चारमाध्यमको बीचमा सहकार्य अनिवार्य छ । त्यसमा हामी तपाईहरुसँग सहकार्य गर्छौ ।
अहिले हाम्रो राजनीति संक्रमणपछिको देशलाई तिब्र आर्थिक वृद्धिमा लैजाने चुनौति छ । त्यो चुनौतिलाई पार गर्न हामी कुन ढङ्गबाट अगाडि बढ्ने भन्ने कुरा निजी क्षेत्रका सञ्चारमाध्यमहरुसँग सहकार्य र छलफल गर्ने नै छौं ।
केही विधेकहरु छलफलकै क्रममा छन् । ती विधेकहरुलाई थप छलफल गरेर त्यसलाई समितिबाट पारित परिने छ । सञ्चार मन्त्रालय माताहातका निकायहरुको पुनः संरचना, सुदृढिकरण र पुनर्गठन गर्नु पर्ने छ । सार्वजनिक ब्रोकाष्टिङ सेवा सम्बन्धी संस्था बनाएर रेडियो नेपाल र नेपाल टेलिभिजनको एकिकरण गर्ने कुरा कहाँ पुग्यो यस विषयमा पनि हामी छलफल गछौं ।
हामीले सबै सार्वजनिक स्थलहरुमा इन्टरनेट सेवा पु¥याउँने भनेका छौं । वाड–वाडमा पु¥याउँने भनेका छौं । सामुदायिक क्षेत्रम पु¥याउँने भनेका छौं । अनि सबै ठाउँमा हामीले इन्टरनेटको एक्सिस पु¥याउँदै सबै नागरिकहरुलाई सुसूचित बनाउँने कुरा गरेका छौं । सूचना प्रविधिको अधिक प्रयोग गरेर कतिपय बैंकिङ्ग कुराहरु, शासकीय कुराहरु यी सबै कुराहरु गर्ने भन्दै छौं ।
डिजिटल नेपालको फ्रेम वर्क धेरै लामो छलफल गरेर हामीले मन्त्रिपरिषद्बाट प्रमाणित गरेका छौं । डिजिटल नेपालको फ्रेम वर्कमा त सम्पूर्ण मुलुकको शासकीय प्रवन्ध, भुक्तानी प्रवन्ध र व्यापारका खासगरी व्यवसायिक क्षेत्रमा इ–कमर्शका कुराहरुदेखि लिएर हेरै कुराहरु हामीले, सूचना प्रविधिको माध्यमबाट हामीले गर्ने भनेका छौं । त्यो कुरालाई पनि अब हामीले कार्यान्वयनमा अगाडि बढाउँनु पर्ने छ । त्यसमा दातृनिकायहरुले सहयोग गर्ने कुराहरु छलफलमा अगाडि बढाएका छौं ।
म अर्थमन्त्री पनि भएको कारण त्यो डिजिटल नेपालको फ्रेम वर्क अगाडि बढाउँन शसक्त भूमिका खेल्नेछु । यो मन्त्रालय आम जनताको चासोको मन्त्रालय भएको हुनाले म यस मन्त्रालयमा रहिरहँदा सम्पूर्ण सरोकारवालाहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छ ।”

(सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयको पदभारग्रहणमा मा. मन्त्री डा. युवराज खतिवडाबाट व्यक्त विचार

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

थिति बसाल्ने संकल्प र नागरिक करारको राजनीति, रास्वपाको ‘वाचा पत्र २०८२’, निर्वाचन परिणाम र जनअपेक्षाको नयाँ अध्याय

ट्रम्पले पुटिनको तर्कले आफैंलाई प्रमाणित गरिदिए : न्युजविक

के दुवईको अन्त्य हो यो ?

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

आइकोनिक जुत्ताको मूल्याङ्कन रास्वपाको पहिलो एजेन्डा बनोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com