ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय पक्षबाट मिचिएको नेपाली भूभागको नक्सासहित ‘पूर्व तिम्रो रस्तीवस्ती’


abc news
फाल्गुन १०, २०७६ शनिबार  ८ : १० बजे

कालापानी र लिपुलेकमा भारतीय पक्षबाट मिचिएको नेपाली भूभागको नक्सासहित नेपाली राष्ट्रगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कान्तिपुर नेशनल म्युजिक अवार्डमा उत्कृष्ट राष्ट्रगीतको अवार्ड जितेको पूर्व तिम्रो रस्ती बस्तीको म्युजिक भिडियो नेपालको सिमा मिचिएको मर्ममा आएको छ ।

गीतले नेपालीहरुबीच एकताको सन्देश दिदै भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमणको सांकेतिक विरोध समेत गरेको छ । भिडियोमा मिस्टर मोडल अफ द वल्र्ड २०१८ दिक्पाल कार्की, विभिन्न चलचित्रहरु र म्युजिक भिडियोमा अभिनय गरेकी कलाकार ऋचा थापा, चित्रकार तथा संगीतकार ज्योतिप्रकाश बिक, गायिका स्वयम् शीतल पाण्डे लगायतको अभिनय रहेको छ ।

भिडियोको निर्देशन याम गुरुङले गरेका छन् भने छायांकन दुर्गा पौडेलले गरेका छन् । गीतका गायक शीतल पाण्डे र निशान भट्टराई हुन् ।दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् भने मास्टरिङ किशोर थापाले गरेका हुन् ।

गीतका रेकर्डिस्टहरु साजन शाह र राजेश श्रेष्ठले गरेका हुन् भने गीतको रेकर्ड काठमाडौंको पुतलीसडकमा रहेको ए वान म्युजिसिएनमा भएको हो ।

वाद्यवाधनमा ढोलक, तबला र मादलमा कुमार महाराज, बासुरीमा गोपालदेव घतानी, रिदम गितारमा संजिव बराईली, बेस गितारमा अनुप दास, सारंगीमा धर्म गन्धर्वले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com