काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद नगर्ने बताउनु भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिनु भएको थियो । ‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्