ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची खानेपानी आयोजनाको रिर्जभ्वायर क्षेत्रमा करोडौंका उपकरणहरु अपलपत्र (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन ७, २०७६ बुधबार  १ : ५१ बजे

 

काठमाडौं, ७ फागुन ।  सुन्दरी जलमा रहेको मेलम्ची खानेपानी आयोजनाको रिर्जभ्वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका छन् । महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुग्दा समेत आयोजनाले त्यसको संरक्षणमा कुनै चासो देखाएको छैन् । इटालियन कम्पनी सीएमसीले प्रयोग गरेका करोडौं मूल्यका उपकरणहरु लामो समय ठेक्का नलाग्दा र नयाँ कम्पनीले प्रयोग नगर्दा ती उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका हुन् । जसका कारण राज्यलाई करोडौं रुपैयाँ नोक्सानी भएको छ ।

यो दृश्य राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना अन्तर्गत काठमाडौंको सुन्दरीजलमा अलपत्र परेका उपकरणहरुको हो । करोडौं रुपैयाँ मूल्य पर्ने यी उपकरणहरु खानेपानी आयोजनाको लागि प्रयोगमा आउन सक्ने भएपनि ठेकेदार कम्पनीले नयाँ उपकरणहरु प्रयोगमा ल्याएका कारण यी उपकरणहरु अलपत्र परेका हुन् । तर यसको संरक्षण र प्रयोगमा आयोजनाले कुनै चासो देखाएको छैन् ।

निकै विवाद रहँदै निर्माण कार्य अगाडि बढिरहेको मेलम्चि खानेपानी आयोजनामा यसअघी काम गरेको इटालियन कम्पनीले प्रयोग गरेका उपकरणहरु हुन यी । तर लामो समय ठेक्का लगाउन नसक्नु र नयाँ कम्पनी सिनो हाइड्रेले यी उपकरणहरुको प्रयोग नगर्दा राज्यलाई कारोडौ रुपैयाँ नोक्सानी भएको छ । तरपनि सरकारले यस बारेमा कुनै चासो दिएको छैन् ।

पछिल्लो समय राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले चासो देखाएको छ । समितिले त्यस क्षेत्रमा पुगेर अनुगमन गरी ती उपकरणहरु कसको हो र किन अपलपत्र परेका हुन भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ । समितिका सभापति तारादेवी भट्टले अलपत्र परेका यी उपकरणहरु राष्ट्रको सम्पत्ति भए सरकारले सुरक्षित गर्नुपर्ने बताइन । सभापति भट्टले मेलम्चीमा ठुलो घाटा भइरहदा उपकरणहरु नष्ट हुनु र प्रयोगमा नआउनुले अझबढी नोक्सान हुनेभएकाले र किन यस्तो भइरहेको छ समितिले अनुसन्धान गर्न लागेको बताइन ।

सरकारले आगामी असारसम्म मेलम्चीको खानेपानी काठमाडौंसम्म ल्याइपु¥याउने बताएको छ । गत साता खानेपानी मन्त्रालयले स्वेतपत्र जारी गर्दै असार मसान्त भित्र खानेपानी ल्याइपु¥याउने घोषणा गरेको थियो ।

तर, आयोजनाका यस्ता महत्वपूर्ण उपकरणहरु प्रयोगमा नआई अलपत्र अवस्थामा रहनुले अझ बढी नोक्सानी हुने निश्चित जस्तै छ । समिति सभापति भट्टले आगामी असारसम्म पानी ल्याउने लक्ष्य सरकारको रहेको तर यस्ता उपकरणको प्रयोगमा ध्यान नदिई लागत बढाउने काम भइरहेको भन्दै समितिले अनुसन्धान गरी सरकारलाई निर्देशन दिने बताइन । अलपत्र परेका उपकरणहरु जसको भएपनि संरक्षण गर्नुपर्ने जिम्मेवारी सरकारको भएको उनले जिकिर गरिन ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गबाट आएको पानी सुन्दरीजलमा रहेको रिजर्भ ट्याङ्कीमा खसालेपछि मात्र काठमाडौंमा वितरण गरिने छ । आयोजनाले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ । आयोजनामा गत वर्ष इटालियन कम्पनी सीएमसीले छाडेपछि सरकारले पुनः चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा एक १५ महिना भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो ।

तर सिनो हाइड्रोले यी उपकरणहरु प्रयोगमा नल्याई नयाँ उपकरणहरु प्रयोग गरिरहेको छ । जसका कारण मेलम्ची खानेपानी आयोजनाको लागत बढ्ने निश्चित छ । करोडौं मूल्य पर्ने यी उपकरणहरु प्रयोगमा नआई नष्ट हुने अवस्थामा पुगेपछि राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले गत आइतबार अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com