ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लगानीमैत्री वातावरण बन्दै : ३ सय २३ अर्ब रुपैया बराबरको बैदेशिक लगानी स्वीकृत (भिडियोसहित)


एबीसी न्यूज
फाल्गुन ७, २०७६ बुधबार  १ : ४१ बजे


काठमाडौं, ७ फागुन ।  लामो समय अस्थिर सरकारको कारण नेपालमा वैदेशिक लगानी भित्रिन सकिरहेको थिएन । तर पछिल्लो समय राजनितिक स्थिरतासंगै लगानीमैत्री वातावरण बन्दै गइरहेको छ । दुई वर्ष झण्डै साढे खर्ब बैदेशिक लगानी आउनुले पनि नेपाल अकर्षक गन्तव्यको रुपमा हेरिएको छ । यता निजि क्षेत्र व्यवसायीहरुले सरकारको नितीमा भन्दा नियत सफा भएमात्र लगानीको वातावरण बन्ने बताएका छन ।

सरकार गठन भएको दुई वर्षलाई हेर्ने हो भने पनि विदेशी तथा आन्तरिक लगानी उत्साहप्रद बृद्धि हुदै गएको छ । चालु बर्षमा मात्र झण्डै २ खर्बको लगानी प्रतिवद्धता थपिएको छ । लगानी बोर्डले गत डेढ वर्षमा ३ सय २३ अर्ब बराबरको बैदेशिक लगानी स्वीकृत समेत गरेको जनाएको छ । लगानी बोर्ड गठनसंगै मुलुकमा लगानीको वातावरण निर्माण सरकारले नितिगत सुधारदेखि बिभिन्न ऐन नियम ल्याएको छ भने बिगतको तुलनामा लगानीको वातावरण बन्दै गएको छ ।

सरकारले आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी तथा निजी क्षेत्रलाई लगानीगरी समृद्धि नेपाल निमार्णको गतिमा अगाडी बढीरहेको छ । नेपालमा लगानीको वातावरण बन्दै गइरहेको अवस्थामा उद्योग सञ्चालनमा आउने समस्यालँई सामाधान अगरी व्यवसाय मैत्री ऐन नियनको कार्यान्वयन गर्ने गतिसमेत उत्तिकै महत्वपूण हुने व्यवसायीहरु बताउछन ।

विगत दुइवर्षमा विदेशी लगानी प्रतिबद्धतासंगै लगानी स्विकृतीले पनि सरकारले लगानीको वातावरण बनाएको देखिन्छ । सरकारलेको दुई वर्षमा बिद्युत आपूर्ति सहज, आर्थिक गतिविधिमा सुधार, लगानीसम्बन्धी नीतिको साथै स्थिर सरकार भएकै कारण पनि लगानीमैत्री वातावरण बन्दै गएको छ ।

लगानी प्रतिबद्धतामा भएको वृद्धिले नयँ परियोजनाहरू सुरु हुने र यसले उत्पादन वृद्धि, थप रोजगारी र सुदृढ अर्थतन्त्र निर्माणमा मद्दत पुग्ने देखिन्छ । बिदेशी लगानी भित्राउनका लागि कानुन बनाइरहेकोले पनि सरकार लगानीको वातावरण बनाउनमै केन्द्रित रहेको देखिन्छ ।

आयातमा कमीको साथै निर्यात वृद्धिले पनि नेपाली अर्थतन्त्रका लागि अहिलेको परिस्थिति सकारात्मक बन्दै गएको छ । सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बढी प्राथमिकता दिएको हु“दा लगानीको वातावरण सहज बन्दै गएको छ । बर्तमान सरकार विगत दुई वर्षमा जसरी मुलुकको लागि आधार तयार पार्ने केन्द्रीत भयो त्यसैगरी अबका वर्षमा तिब्र आर्थिक बिकास निमार्णमा ध्यान दिने हो भने छिट्टै नै समृद्ध नेपालको सपना साकार पार्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com